मंगला गाउँपालिकामा यसरी मनाइयो धान दिवस (फोटो फिचर)

0
339

जिल्लाको मंगला गाउँपालिका–५ अर्मनको पिपलबोटमा १५ औं राष्ट्रिय धान दिवस तथा रोपाई दिवस मनाइएको छ । धान उत्पादनमा बृद्धि, देशको समृद्धि भन्ने नाराका साथ आयोजित दिवसको उद्घाटन गदैं प्रदेश सांसद विनोद केसीले कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई जोड दिए । उनले पुरानो शैलीबाट गरिने खेतीबालीलाई आधुनिक प्रविधिको प्रयोगमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । दिवसको अवसरमा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई अर्गानिक भिलेज बनाउने अभियान अन्र्तरगत आधुनिक प्रविधिक औजार वितरण तथा उत्पादन बृद्धिमा प्राथमिकता दिएको बताए ।

उनले खेतीयोग्य जमिनको सदुपयोग गदैं आगामी आर्थिक बर्षमा समेत कृषि उत्पादनलाई प्राथमिकतामा बजेट विनियोजन गरिएको बताए ।कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल, अखिल नेपाल किसान महासंघ म्याग्दीका अध्यक्ष देव बहादुर घले, कृषि विकास अधिकृत श्याम प्रसाद रिजाल, बागबानी अधिकृत भोज बहादुर थापा, कोष तथा लेखा नियन्त्रक छविन्द्र बेलबासे, मंगला–२ बावियाचौर धन बहादुर खाती,अर्मनका वडा प्रतिनिधि,कृषक समुह लगाएतको उपस्थिती रहेको थियो ।

दिवसको अवसरमा स्थानीय आमा समुहले स्वागत गरेका थिए । सोही अवसरमा स्थानीयले प्रदेश सांसद केसीलाई गाउँका समस्याका बारेमा जानकारी गराएका थिए ।कार्यक्रमको अध्यक्षता मंगला–५ का वडा अध्यक्ष भुपेन्द्र बहादुर केसी, स्वागत गाउँपालिकाकी उपाध्यक्ष सृजना केसीले गरेकी थिईन् । जिल्लामा मंगला गापा कृषि उत्पादनमा प्रचुर सम्भावना भएकाले पनि कृषि प्रविधिको प्रयोगमा चालु आर्थिक बर्षमा समेत औजार खरिद, तालिम, मल उद्योगको स्थापना, हरेक कृषकको घरमा अर्गानीक खेती लगाएतका अभियान समेत सञ्चालन गरिएको थियो । तस्वीर सौजन्य जगत बानियाँ