मालिका गाउँपालिकाले फुलबारीमा १५ औं धान दिवस मनाएको छ ।‘धान उत्पादनमा बृद्धि राष्ट्रको समृद्धी’ भन्ने मुल नाराका साथ मालिका–१ ओखरबोटको फुलबारीमा आयोजित कार्यक्रममा गाउँपालिका भित्र बाँझो खेत राख्न नपाइने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताइएको थियो ।

कार्यक्रममा बोल्नै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले खेतीयोग्य जमिनको सुदपयोगका लागि आगामी आर्थिक बर्षमा आधुनिकीकरण, ब्यवसायिकीकरणमा प्राथमिकता दिदैं कृषि औजार तथा उपकरणमा अनुदान दिने बताए । उनले परम्परागत कृषि खेतीलाई ब्यवसायीक बनाउने गरी कृषक केन्द्रित तालिम सञ्चालन गर्ने बताए । सोही अवसरमा गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले गौरवको आयोजना भित्र कृषि क्षेत्रलाई समेत समेटिएको बताउँदै खेतीयोग्य जमिनको सदुपयोग गर्न अनुरोध गरिन् ।

खेती गर्ने प्रणालीमा सुधार ल्याउने र खेत बाँझो रा्ख्ने प्रबृत्तिलाई निरुत्साहित गरिने बताईन् । उनले रोजगारको सिलसिलामा यूवा विदेश पलायन हुने अवस्थामा खेत बाँझो राख्ने गरिएको बताउँदै उपयोगको नितिलाई कार्यान्वयनका लागी गाउँस्तरमा समेत विभिन्न सन्देशमुलक कार्यक्रम गरिने बताईन् । मानो रोपेर मुरी फलाउने भएकाले भएकाले पनि धान खेतीका आधुनिक प्रविधिको प्रयोगमा अनुदान तथा सहुलियमा उपलब्ध गराउन प्रतिबद्ध रहेको गाउँपालिकाले जनाएको थियो ।

दिवसको अवसरमा ओखरबोट फुलबारी, निस्कोट, दरवाङका कृषक, पुरुषोत्तम आधारभुत विद्यालयका प्रधानध्यापक चुणामणी सापकोटा, लायन्स क्लव अफ दरवाङ, महिला सहकारी, आमा समुह, इलाका प्रहरी कार्यालय, यूवा क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य संयोजक राजेश थापा स्वागत प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले गरेका थिए ।