बोलेरो दुर्घटना : जीपभित्र शव भेटिएन

0

रघुगंगा गाउँपालिका–१ कालिगण्डकीमा खसेको बोलेरोका चालक र यात्रुको खोजीकार्य भएपनि शुक्रबार साँझसम्म भेटिएको छैन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप तिप्ल्याङको काले ओडार र गाँउगोडाको सिमानामा दुर्घटना हुदाँ बेनी नगरपालिका–९ काउलेगौँडाका ३२ बर्षिय रवी खड्का र घराम्दीकी २० बर्षिया सबिता नेपाली बेपत्ता भएका थिए । दुर्घटनास्थलबाट करिप १५ सय मिटर तल खोलामा अड्किएको जीप निकाल्न एक्साभेटर प्रयोग गरिएपनि निकाल्न नकिएको मृतक खड्काका आफन्त निर्मल खत्रीले बताए ।

‘जीप भित्र दुवै जना नभएको पुष्टी भएको छ,‘ जीप भित्रै शव भेटिने झिनो आश मरेको छ’ खत्रीले भने । उनका अनुसार खोजीकार्यमा प्रहरी, शसस्त्र प्रहरी, आफन्त सक्रिय भएपनि शुक्रबार साँझसम्म कुनै पत्ता लागेको छैन् । खोलामा पानीको बाहव बढ्दै जान थालेपछि जीप बाहिर निकाल्न समेत समस्या भएको प्रहरीले जनाएको छ । बिहिबार घराम्दीबाट दुवै जना सवार रहेको बोलेरोमा खड्का र नेपाली बेनी तर्फ आएका थिए ।

गाउँमा खड्का र नेपाली बीचको सम्बन्धका विषयमा छलफल भएपछि बेनी तर्फ प्रस्थान गरेको बताइएपछि घटना रहस्यमय भएको छ । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन् । घराम्दीका ओम बहादुर रन्तिजाको चालक खड्काले बोलेरो चलाउँदै आएका थिए । प्रत्यक्षदर्शीका अनुसार जीप एक्कासी खोलामा खसेको थियो । आफन्तका अनुसार शनिबार खोजीकार्यलाई निरन्तरता दिईने छ ।