भयानक दुर्घटनाबाट जोगियो जीप

0
186

रघुगंगा गाउँपालिका–३ कलेजबाङबाट बेनी तर्फ आउँदै गरेको जीप ठुलो दुर्घटनाबाट जोगिएको छ ।गलेश्वर नजिक ब्रेकफेल भएर दुर्घटना हुदाँ चालक सहित ७ जना यात्रुलाई समान्य चोट लागेको छ । ग १ ज ५८३१ नम्बरको जीप गलेश्वर बजारको पारीको भीरमा अड्किएको अवस्थामा यात्रुलाई उद्धार गरिएको गलेश्वरका यूवा तेजेन्द्र बानियाँले बताए। ‘ब्रेकफेल भएपछि गाडी सडकबाट खसेको थियो,‘यात्रुको सुरक्षाका लागि चालकले पनि प्रयास गरेको देखियो’ बानियाँले भने ।

उनका अनुसार दुर्घटनामा समान्य घाईते भएका यात्रु गन्तब्य तर्फ लागेका थिए ।जीप अनियन्त्रित भएपछि खसेको अवस्थामा भाग्यले अड्किएपछि मानवीय क्षती नभएको प्रत्यक्षदर्शीको भनाई छ । पछिल्ला तीन दिन लगातार सवारीसाधन दुर्घटनामा दुई जना बेपत्ता भएका छन भने एक घाईते छ । तिप्ल्याङबाट कालिगण्डकीमा खसेको जीपमा सवार दुईजना बेपत्ता छन् भने बेनपा ५ पुलाचौरको नयाँगाउँमा भएको ट्याक्टर दुर्घटनामा सहचालक घाईत अवस्थामा उपचार गराइरहेका छन् । बर्षातको समयमा ग्रामिण सडकमा हिलाम्मे तथा जोखिम बढेपछि एकपछि अर्को दुर्घटना बढेको छ ।