धौलागिरी गाउँपालिका–७ ताकम धारापानीका फत बहादुर थापाको उपचारमा लायन्स क्लव अफ पिस सिटीले २६ हजार आर्थिक सहयोग गरेको छ । गाउँमा लडेर घाईते भएका थापाको उपचारमा आर्थिक अभाव भएपछि क्लवका अध्यक्ष राजेश शाक्यको पहलमा संकलन भएको आर्थिक सहयोग संकलन अभियान तेजेन्द्र बहादुर थापा लगाएतको उपस्थिती विरामीलाई हस्तान्तरण गरिएको हो ।

गाउँकै विपन्न परिवारमा पर्ने थापाको टाउकोमा गम्भीर चोट लागेपछि पोखराको मनीपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा क्लवका अध्यक्ष शाक्यले १० हजार, उपाध्यक्ष लोकेश पुन ५ हजार, भोज बहादुर रिजाल ३ हजार, सचिन शाक्य ३ हजार, नन्द पाईजा २ हजार र बामदेव रिजालले १ हजार सहयोग गरेका थिए । पीडितलाई आवश्यक पर्ने ह्विलचियर खरिदमा खर्च गरिने पीडितका आफन्तले बताएका छन् । उपचारमा स्वदेश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत उपचारमा २० हजार सहयोग गरेको छ ।

विज्ञापन