कांग्रेस म्याग्दीले उपसभापति सहित विभिन्न पदमा मनोनित

0

नेपाली कांग्रेस म्याग्दीले विभिन्न पदमा मनोनित गरेको छ । शनिबार पार्टी कार्यालयका बसेको बैठकमा सभापति खम्बीर गर्बुजाले रिक्त रहेका पदाधिकारीमा नियुक्त गरेका छन् । छैठौ जिल्ला अधिवेशनबाट सम्पन्न भएको करिव २७ महिना पछि सभापति गर्बुजाले उपसभापतिमा माधवप्रसाद रेग्मी, सहसचिव भरत बहादुर रकाल, प्रवक्त एवम् सुचना विभागमा अजयमिलन श्रेष्ठ, आमन्त्रित सदस्यमा तेजेन्द्र थापा र लाल बहादुर रोकालाई मनोनित गरिएको हो ।उपसभापतिमा चयन भएका रेग्मी निर्वतमान सचिव एवम् कार्यसमिति र सहसचिव रकाल महाधिवेशन प्रतिनिधि,नेविसंघ म्याग्दीका पूर्व अध्यग्क्ष हुन्।

त्यस्तै प्रवक्ता श्रेष्ठ निर्वतमान सहसचिव, आमन्त्रित सदस्य थापा बैदेशिक रोजगारबाट फर्किएका धौलागिरी गाउँपालिका–७ ताकम धारापानी निवासी हुन् भने रोका मंगला गाउँपालिका–४ बरंजा थर्पुका हुन् ।
मनोनितमा आकांक्षी धेरै भएपनि पार्टी सभापति गर्बुजाले संगठन विस्तार तथा पार्टीका अभियान शसक्त बनाउन रायसुझावको आधारमा मनोनित गरेको पार्टीका एक पदाधिकारीले बताए । बैठकमा पार्टी सभापतिले जिल्ला सभापतिको भेलामा भएका निर्णय तथा जिल्लामा पार्टीका भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

रिक्त पदमा मनोनित भएसंगै पार्टीले संगठन विस्तार सहितका अभियानलाई तिब्रता दिने प्रबक्ता श्रेष्ठले बेनीअनलाइनलाई बताए । बैठकमा बेनी नगरपालिकाका मेयर एपम् पार्टी सचिव हरिकुमार श्रेष्ठ, सचिव क्याप्टेन मिन बहादुर कार्की, कोषाध्यक्ष टंक हमाल, नेता नेत्र बहादुर महत लगाएतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसको विधान २०१७ को ३ को धारा १० को उपधारा ३ मा सभापतिले एक उपसभापति, सचिव, सहसचिव सहित सदस्य मनोनयन गर्ने ब्यवस्था रहेको छ । मनोनित उपसभापति, सहसचिवले पार्टीको जिम्मेबारी अनुसार अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् ।