सामान्यतया मानव शरीरले ९८.६ डिग्री फरेनहाइट अर्थात् ३७ डिग्री सेल्सियस तापक्रम बनाइराखेको हुन्छ । यो तापक्रम थोरै मात्रै पनि बढेमा पसिना आउन थाल्छ र रक्त नलीहरुलाई फैलाएर शरीरले आफूलाई चिसो बनाउने प्रयास गर्छ । तर, जब रक्त नलीको आकार बढ्ने मात्रै भएमा मुटुको चाल छिटो हुने र रक्तचाप कम हुन जान्छ, त्यतिबेला मुटुका रोगीका लागि समस्या उत्पन्न हुनसक्छ । कमजोर मुटु भएका व्यक्तिले शरीरलाई चिसो राख्न पर्याप्त मात्रामा रगतलाई पम्प गर्नमा असमर्थ हुन्छ ।

जसका कारण उसको रक्तचाप पनि सामान्य राख्न सक्दैन र यही कारण व्यक्तिको शरीरको तापक्रम असामान्य स्तरमा बढेर जानसक्छ । हृदय रोग विशेषज्ञका अनुसार, बढ्दो गर्मीका कारण पछिल्लो केही वर्षमा मुटुसम्बन्धी रोग भएका व्यक्तिमा ‘हृदयघात’ हुने समस्या बढेर गएको छ । त्यसो त, जाडो मौसममा हृदयघातको खतरा बढेर जान्छ भनिन्छ । तर विशेषज्ञका अनुसार, थरथरी काम्ने जाडोमा मात्रै होइन, उखरमाउलो गर्मीले पनि हृदयघातको खतरा बढ्न सक्छ ।

केही दिनसम्म लगातार चर्को घाम लागेमा हृदयघातको सम्भावना बढेर जान सक्छ । त्यसैले शरीरको मेटाबोलिज्मलाई ३७ डिग्री सेल्सियसको सामान्य तापक्रम बनाई राख्न केही मेहनत गर्नुपर्छ । यदी तापक्र घट–बढ भएमा मुटु्मा दबाब बढ्न सक्छ ।

गर्मीमा यस्ता देखिन्छन् लक्षण

. टाउको दुख्नु

. अत्याधिक पसिना आउनु

. छाला चिसो र नरम हुनु

. रिंगटा लाग्नु

. वाकवाक लाग्नु

. कमजोर महसुश गर्नु

. नाडी छिटो चल्नु्

. मांसपेशीमा ऐठन लाग्नु र श्वास बढ्नु

यसरी बचाउ गर्नुहोस् यदी तपाईलाई माथिका लक्षण देखा पर्छन् र तपाईलाई मुटुको समस्या हुनसक्छ भन्ने भान हुन्छ भने शितल वातावरणमा आराम गर्ने गर्नुहोस् । पर्याप्त मात्राम तरल पदार्थ सेवन गर्नुहोस्