खानपान नमिल्दा आवश्यकताभन्दा बढी बढेको पेटले कहिलेकाही तपाईको व्यक्तित्वलाई पनि प्रभाव पारिरहेको छ । हिजोआज मोटोपन र पेट निक्लिने समस्या सामान्य बनेको छ ।

शाकाहारी जुस – साग–सब्जिबाट बढी मात्रामा पौष्टिक तत्व पाउन सक्छौ । यसमा उपलब्ध मिनरल्स, भिटामिन र एन्टिअक्सिडेन्ट्सले तपाईलाई स्वास्थ्य राख्नका साथै तपाईको तौलन घटाउन पनि सहयोग गर्छ । शाकाहारी जुसले शरीरमा तुरुन्तै ऊर्जा आउँछ र तपाईको भोकलाई पनि शान्त पार्छ । एक गिलास ‘मिक्स भेज जुस’ले तपाईको लगभग १३५ क्यालोरी कम गर्नसक्छ ।

नरिवल पानी – नरिवल पानीमा अन्य कुनै पेय पदार्थको तुलनामा बढी इलेक्ट्रोलाइट्स हुन्छ । नरिवल पानीमा तपाईले न चिनी मिलाउनुपर्छ न कुनै फ्लेभर्स नै । यो आफैमा स्वादिष्ट हुन्छ । नरिवल पानी पिउनाले पनि तपाई छिटो तौल घटाउन सक्नुहुन्छ ।

तर निकालिएको दुध – तर निकालिएको दुध पिउनाले शरीरको फ्याट कम हुने भएकोले मोटोपन कम गर्न मद्दत पुग्छ । यदी तपाई दैनिक तर निकालिएको दुध पिउनुहुन्छ भने दुध नपिउने व्यक्तिको तुलनामा तपाई ७० प्रतिशतसम्म तौल घटाउन सक्नुहुन्छ ।

ग्रीन टी र ब्ल्याक टी – ग्रीन टी र ब्ल्याक टी पिएर तपाई आफ्नो मोटोपन चाँडै घटाउन सक्नुहुन्छ, किनकी यसले मेटाबोलिज्मलाई बढाउँछ । अन्य पेय पदार्थको तुलनामा ग्रीन टी र कालो चियाले तौल घटाउने प्रक्रिया ४३ प्रतिशतसम्म बढ्छ अर्थात् मोटोपन छिटो कम गर्न मद्दत गर्छ ।

बरफ पानी – बरफ पानीले पनि तपाईको शरीरको मेटाबोलिक प्रक्रियालाई द्रुत बनाइदिन्छ, जसका कारण तपाई छिटो क्यालोरी घटाउन सक्नुहुन्छ । यदी तपाई तौल घटाउने प्रक्रिया छिटो बनाउन चाहानुहुन्छ भने तपाईले दैनिक लगभग एक वा दुई बोतल पानी पिउनुपर्छ । तर, तपाईले एकदम चिसो पानी नपिउनुहोस्, रुघाखोकीको खतरा हुनसक्छ । विहान–विहानै बरफ पानी पिउनु पनि तपाईको स्वास्थ्यका लागि हानिकार हुन सक्छ । एक सानो बरफको टुक्रालाई एक गिलास चिसो पानीमा राखेर पिउन सक्नुहुन्छ ।