प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापाले म्याग्दीमा जनप्रतिनिधिले डोजर मोह त्याग गर्नुपर्ने बताएका छन् । योजना छनौट, कार्यान्वयन गर्ने जनप्रतिनिधिले आफ््नो औजार, मेसिन प्रयोग गर्दा जनताले आशंका गर्ने बताए । जनप्रतिनिधि भनेको सेवाभाव, समाजसेवीको हिसावले काम गर्नुपर्ने भएकाले कुनैपनि जनप्रतिनिधिले आफ्नो पदलाई ब्यवसायीक हितको रुपमा प्रयोग गर्न नपाईने बताए ।

‘जनप्रतिनिधिले आफ्नो इमान्दारिता प्रकट गर्नुपर्छ,‘सरकारी कुर्चीमा बसेपछि जनताको सेवामा लाग्नुपर्छ’ थापाले भने । न्यूज २४ टेलिभिजनको नियमित कार्यक्रममा स्थानीय सरोकार कार्यक्रममा बोल्दै सांसद थापाले चुनावमा अनावश्यक खर्च गर्ने प्रबृत्ती मौलाएको बताउँदै चुनावमा गरिने खर्चलाई नियन्त्रण गर्न आवश्यकता रहेको बताए ।

कार्यक्रममा सांसद थापाले अन्नपूर्ण गाउँपालिका ३ रुप्से झरनाको स्वरुप परिवर्तन गरी जलविद्युत बनाउन नदिने बताए । उनले जलविद्युत आयोजनालाई आसपासका क्षेत्रबाट बनाउन सकिने बताए । उनले आफ्नो कार्यकालमा जिल्लामा केही परिवर्तन हुने बताए । उनले जिल्लाका ग्रामिण क्षेत्रमा सडक, विद्युतिकरणमा प्राथमिकता दिने बताए ।

उनले असार महिनामा हुने विकास निर्माणलाई समेत रोक्नुपर्ने बताए । उनले विगतमा अप्रेटर नै प्राविधिक र इन्जिनियर हुने प्रबृत्ती अन्त्य गर्नुपर्ने बताए । उनले असारमा किसानहरु रोपाईमा ब्यस्त हुदाँ गाउँमा जथाभावी विकासका योजना अगाडी बढाउने कार्यशैलीमा रहेका त्रुटीलाई नितिगत रुपमै अन्त्य गर्नुपर्ने बताए ।

उनले आफ,्नो जिम्मेबारी कानुन बनाउने मात्रै नभई विकासे बजेटमा समेत प्राथमिकता दिने बताए । उनले जिल्लामा आवश्यक योजनामा बजेटका लागि निरन्तर प्रयास गरिरहेको बताए । कार्यक्रम प्रस्तोता रोहित केसीले थापासंग कुराकानी गरेका थिए । जिल्लाका जनप्रतिनिधिले प्रत्यक्ष तथा आफ्ना निकट ब्यक्ति मार्फत अघोषित रुपमा डोजरमा लगानी गरेको देखिएको छ ।