रूमको दुर्गम गाउँ पात्लेमा खोप केन्द्र स्थापना

0

रूमको दुर्गम पात्लेमा खोप केन्द्र स्थापना जिल्लाको मालिका गाउँपालिका–३ रुमको पात्लेमा खोप केन्द्रको स्थापना गरिएको छ । गाउँपालिकाको विकट बस्तीको रुपमा चिनिने पात्लेमा स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउने उदेश्यले स्थापना गरिएको केन्द्रको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गरे ।

गाउँपालिकाको ३ लाख र स्थानीयको जनश्रमदानमा गरी कुल ५ लाख ५० हजारको लागतमा निर्मित केन्द्रले पात्लेबासीलाई राहत मिलेको प्रम्ुख अतिथि रोकाले बताए । ‘दुर्गमका जनतालाई घरदैलोमै सेवा पु¥याउन प्रतिबद्ध छौ,‘आगामी बजेटमा पनि स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राखिएको छ’ रोकाले भने ।

उनका अनुसार गाउँपालिका भित्रका अति विकट बस्तीमा सडक सञ्जालले जोडिने बताए ।उनले विकास निर्माणका साथै शिक्षा र स्वास्थ्य सेवालाई सहज उपलब्ध गराउने बताए ।खोप केन्द्रको स्थापना भएपछि करिव ३ घण्टा पैदलयात्रा गरेर डाँडागाउँको सामुदायिक स्वास्थ्य इकाईमा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष सागर राम्जालीले बताए ।

‘ केही राहतको महसुस गरेका छौ,‘थप सहयोगका लागि पनि पहल भइरहेको छ’ उनले भने । रुमकै विकटमा पर्ने पात्लेमा हरेक महिना एकपटक डाँडाँगाउँबाट स्वास्थ्यकर्मीले सेवा दिने ब्यवस्थापन समितिले जनाएको छ । केन्द्रको स्थापना भएसंगै बालबालिकालाई खोप दिने, गाउँघर क्लीनिक कार्यक्रम अन्र्तरगत गर्भवति महिलाका जाँच तथा अन्य सामान्य उपचारमा सेवा प्रवाह गर्न सहज भएको स्वास्थ्यकर्मीको भनाई छ ।