चालु आर्थिक बर्षमा निर्माणधिन अवस्थामा रहेका झोलुुङ्गे पुल सम्पन्न भएपछि जिल्लाको मालिका गाउँपालिकाका दुर्गम बस्तीका बासिन्दालाई राहत मिलेको छ । मालिका गाउँपालिका र मिलन म्याग्दीको सहकार्यमा निर्मित भोलुङ्गे पुलले भौगोलिक विकटता, जोखिमपूर्ण रुपमा एक गाउँबाट अर्को गाउँमा पुग्न घण्टौ यात्रा गर्नुपर्ने स्थानीयलाई सहज भएको हो।

मिलन म्याग्दीले जिल्ला समन्वय समिति र गाउँपालिकासंग सहकार्य गरी चालु आर्थिक बर्षमा निर्माण सम्पन्न गरेको वडा नं २ र ३ जोड्ने टाक्सेको भोलुङ्गे पुल उद्घाटन गदैं गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले दुर्गम बस्तीमा रहेका पुराना र जिर्ण पुललाई विस्थापित गरिने बताए । ‘झोलुङ्गे पुलले धेरै राहत मिलेको छ,‘स्थानीयको कठोर श्रमदानले समयमै योजना सम्पन्न गर्न सहज भएको छ’ रोकाले भने । पुलको निर्माण सम्पन्न भएपछि दुवै वडाका करिव ४ सय घरधुरी लाभान्वित भएका छन् ।करिव ३२ लाख ९६ हजार ८९०मा सम्पन्न भएको पुलमा स्थानीयले जनश्रमदान गरेका थिए । झोलुुङ्गे पुल कार्यक्रम अन्र्तरगत गाउँपालिकाको रुमको टाक्से, ओखरबोटको नुन्थला, देविस्थानको दोबिल्ला र दाङखोला झोलुुङ्गे पुल सम्पन्न भएको उपाध्यक्ष खरमायाँ विटालुले बेनीअनलाइनलाई बताईन् ।

रुमको टाक्से ३२ लाख ९६ हजार ८९० , ओखरबोटको नुन्थला २५ लाख ८३ हजार ४११, देविस्थानको दोबिल्ला ३२ लाख ३३ हजार १०५ र दाङखोला झोलुुङ्गे पुल ३१ लख ३३ हजार १०५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको छ । कुल १ करोड २२ लाख ७८ हजार २९८ रुपैयाँ लागतमा सम्पन्न भएको पुल यसै महिना उद्घाटन गरी सञ्चालन गरिने मिलन म्याग्दीकी कार्यकारी अधिकृत दिवा पुनले बताईन् ।

उनका अनुसार मिलन म्याग्दीले चालु आवामा जिल्लाको धौलागिरी गाउँपालिको मुदीको जेल्टुङ्ग, मुदी र मराङ्ग जोड्ने छरीखोलामा टस्ट्र पुल, लुलाङको धानमाने खोला, मंगला गापा–५ अर्मनको आरुखोला, अन्नपूर्ण गापाको हिस्तान र राम्चेमा टस्ट्र पुल बनेको छ । चालु आवामा १० ओटा नयाँ पुलले सयौं स्थानीयलाई राहत मिलेको छ । जिल्लामा धमाधम झोलुङ्गे निर्माण भएपछि पुराना, जिर्ण र तुइन विस्थापित भएका छन् । निर्माणसम्पन्न गरिएपछि झोलुङ्गे पुलको भार परीक्षण गर्दा शतप्रतिशत सफल हुने गरेको मिलन म्याग्दीले जनाएको छ ।