अवरुद्ध मालढुंगा–बेनी सडक खुल्यो

0

अबिरल बर्षाका कारण अवरुद्ध मालढुंगा(बेनी सडक सुचारु भएको छ । म्याग्दी र मुस्ताङ लाई राजमार्ग संग जोड्ने एकमात्रै सडक सोमबार दिउँसो पर्वतको जलजला गाउँपालिका८ ज्यामिरेमा अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको पहिलोले अवरुद्ध भएको सडक साँझ खुलेको छ ।

सडक अवरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङ र म्याग्दीबाट छुटेका लामो तथा छोटो दुरीका सवारीसाधान र अन्य क्षेत्रबाट ति जिल्लामा भित्रिने सवारीसाधान अलपत्र परेको म्याग्दीका गोविन्द रोकाले बताए । अत्याधिक ठूलो वर्षा परेकाले तत्काल सडक खुलाउन समस्या परेको छ । वर्षाका कारण यात्रुहरु समेत अलपत्र परेका थिए । सडक अवरुद्ध भएपनि गाउँपालिकाले समयमै डोजर नपठाउँदा यात्रु अलपत्र परेका थिए । यसैबीच म्याग्दीको ग्रामिण क्षेत्रका सडक समेत बर्षातले जोखिम बनेको छ ।