नेपाली कांग्रेस म्याग्दीले स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९५ औं जन्मजयन्ती मनाएको छ । सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले नेपाली राजनीतिका शीर्ष ब्यक्तित्व एवम् शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधा कोइरालाको आर्दशलाई सधै प्रयोग गर्नुपर्ने बताएका थिए ।

पार्टी सभापति खम्बीर गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रमाम १० वर्षे जनयुद्धमा रहेको तत्कालिन नेकपा माओबादीलाई १२ बुँदे सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन प्रमुख भुमिका खेलेकै कारण संघियता, नयाँ संविधान जारीको अवस्था आएको बताउँदै पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पार्टीका प्रबक्ता अजयमिलन श्रेष्ठले कोइरालाको जीवनयात्रा प्रस्तुत गरेका थिए ।

कार्यक्रमा कोषाध्यक्ष टंक हमाल, महिला संघकी अध्यक्ष विमला गौचन, तरुण दलका अध्यक्ष मुकुन छन्त्याल, सांस्कृतिक संघकी अध्यक्ष धनकुमारी थापा, टेड यूनियन कांग्रेसका अध्यक्ष कमल प्रसाद उपाध्याय, निजामित कर्मचारी संघका अध्यक्ष लिलानाथ पौडेलले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिब क्या। मिन ब। कार्की, स्वागत( उपसभापति माधव प्र। रेग्मी समापन( सभापति खमबीर गर्बुजा ले गरेका थिए ।