परिवारकै अभिभावक ८ बर्षिय मनोज विक

0

मालिका गाउँपालिका–५ देविस्थानका मनोज विकले पेटभरी खान पाउँदैनन् ।लगाएको एकसरे लुगाले राम्रोसंग शरीर समेत ढाक्दैन् । उमेरले ८ बर्षका मनोजले मिठो खाना र राम्रो लुगा लगाएको दिन समेत सम्झना छैन् ।आमाबुबालाई थर्काउदै पैसा मागेर पसलमा चक्लेट, विस्कुट किन्ने उमेरमा मनोजले अपाङ्ग आमा गोरी विक र ४ बर्षिकी बहिनी मनिषालाई रेखदेख, विहान, बेलुकी खाना पकाउँछन् । घरमा सबैभन्दा पहिलो उठ्ने मनोजले अपाङ्ग र मुख नबोल्ने आमालाई सघाउँछन् ।

उनको दैनिकले छिमेकी समेत दंग पर्छन् ।आफ्नै उमेरमा साथीहरूले सफा लुगा र मिठामिठा खानेकुरा लिएर भिम माविमा पुग्दा उनको झोलामा किताव मात्रै हुन्छ ।घरको काम सकेर विद्यालयमा पुग्दा उनलाई शिक्षक र साथीहरूले मायाँ गर्छन ।देविस्थानको जुक्जाका मनोजका बुबा करिव ३ बर्ष अगाडी तत्कालिन बिम गाविस हाल (मालिका–७ बिम)मा खच्चडबाट सामान ढुवानी गर्दा लडेर मृत्यु भएपछि अभावकै अभावमा हुर्किएका मनोजकी बहिनीले बाबाको अनुहार समेत राम्रोसंग देख्न पाइनन् ।

गाउँकै अति विपन्न परिवारका मनोजले जुग्जा र गौडामा रहेको मामा बस्छन् । ‘आमा बोल्नुहुदैन्, हिड्न पनि सक्नुहुन्न,‘मैले नै विहानबेलुकी भात पकाउँछु’ उनले बेनीअनलाइनसंग भने ।खाने कुरा नभएपछि गाउँमा पुगेर सहयोग मागेर ल्याएर पनि पकाउने गरेको बताउँदै धेरै दिन भोकै सुतेको बताए । खच्चड गोठालो बनेर घरमा हातमुख जोड्ने गरेका उनका बुबाले संसार त्यागेपछि कष्टकर जीवन विताइरहेका विकलाई विद्यालयले पोशाक सहित आवश्यक सहयोग गर्ने गरेको छ ।

जाडोयाममा शरीर समेत मुस्किलले ढाक्ने लुगा लगाउने गरेका मनोज र उनीकी बहिनीले आमा विरामी हुदाँ धेरै रात केही खान नपाउँदै भोकै सुत्नेको बताउँछन् । ‘सर, मैले धेरैपटक खान पकाउँदा हात पोलेको छु,‘घरमा गएर किताव हेर्न पाउँदैन’ विकले भने । विद्यालयको प्राङ्गनमा आफ्ना परिवारको समस्या सुनाउँदै विकले आफ्नो, बहिनी र आमाको लुगा समेत धुने गरेको बताए । जुक्जामा सधै बस्न सक्ने अवस्था नभएपछि उनले जुक्जाको विद्यालयमा पढ्न छोडेर भिम माविमा पढ्ने गरेको विद्यालयका प्रधानध्यापक डम्बर बहादुर घर्तीले बताए । ‘परिवारको अवस्था नाजकु छ,‘मनोज परिवारकै अभिावक हुन्’ घर्तीले भने ।

यता वडा अध्यक्ष पीपला बुढाले मनोज र उनकी बहिनीलाई शिक्षादिक्षाका लागि सहयोगको अपिल गरिन् । उनले पढाईका लागि उचित वातावरण भए मनोजले राम्रो पढ्न सक्ने बताउँदै घरमा आमा भएपनि मुर्ती जस्तै भएको बताउँदै अभिभावकको जिम्मेबारी समेत पुरा गरेका मनोजको भविस्यका लागि सहयोगको आवश्यकता रहेको बताईन् । बेसाहरा जस्तै बनेका मनोज कक्षा २ मा अध्ययरत छन् ।

सहयोग तथा थप जानकारीका लागि देविस्थनका सामाजिक परिचालक सन्दिप विक ९८४७६४९३१३