‘धन देख्दा महादेवको पनि तीन नेत्र’ । नेपाली समाजमा प्राचिनकाल देखिनै प्रचलित यो भनाई धेरै नेपालीको आनिबानीसंग मेल खान्छ । सडकमा भेटाएको पैसालाई त भाग्यले जुराएको भन्नेहरू पनि छन् तर, म्याग्दीका एक यूवाले प्रचलित भनाईलाई चुनौती दिदैं बाटोमा भेट्टाएको सुन, पैसा र महत्वपूर्ण कागजात सम्बन्धित ब्यक्तिलाई खोजेर हस्तान्तरण गरेका छन् ।

बेनी नगरपालिका–३ भकिम्लीका धन बहादुर श्रीषले छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिकाबाट फर्किदै गर्दा बिउको रिजाल चोकमा भेटाएको नगद, सुन, लाइसेन्स लगाएतका कागजातलाई १० दिन पछि खोजेर फिर्ता गरेका हुन् । बा्रखापालक कृषक श्रीषले काठेखोलाबाट कार्यक्रममा सहभागी भएर फर्किरहेको अवस्थामा चितवन रत्ननगर ११ का ज्ञान बहादुर श्रेष्ठलाई विभिन्न माध्यमबाट खोजी गरी मंगलबार आफ्नै घरमा हस्तान्तरण गरेको बताए ।

‘उहाँलाई हस्तान्तरण गर्दा निकै खुसी छु,‘आफ्नो मेहनत भन्दा एक रुपैयाँ पनि कसैको प्रयोग गदैन्’ श्रीषले बेनीअनलाइनलाई भने । उनले बागलुङमा खोजीकार्य गर्दा नभेटिएपछि पर्समा रहेको गरिमा विकास बैंकको एटिएम, सामाजिक सञ्जालबाट समेत चितवनमा निरन्तर सम्पर्क गरेको बताए । ‘भेटाएको दिन देखी उहाँलाई खोज्न धेरै प्रयास गरे,‘सम्पर्कमा आउनुभएपछि घरमै बोलाएर हस्तान्तरण गरे’ श्रीषले भने ।

उनले पछिल्लो समय समाजमा अर्काको कमाई चोरेर खाने, ठगि गर्ने जस्ता गतिविधि मौलाइरहेको अवस्थामा आफुँले समाजलाई नै सन्देश दिने प्रयास गरेको बताए । समान बुझ्दै श्रेष्ठले समाजमा रहेका मनकारी मान्छेको एक उदाहरण भेटेको बताए । उनले नगद भन्दा पनि पर्समा रहेका महत्वपूर्ण कागजको कुनै मुल्य नभएको बताउँदै हराएको दिनदेखी खोजीकार्य गर्दा पनि नभेटिदा् पीडामा रहेको बताए ।

उनले हराएको पर्स भित्र सुनको औठी समेत रहेकाले भेटिने आशा करिब करिब मासिसकेको बताए । ‘उहाँ जस्तै नेपालीको खाँचो छ,‘सबैभन्दा ठुलो मान्छेको मन हो’ श्रेष्ठले भने । समान भेटिएपछि घरमा समेत जानकारी गराएको बताए । सामाजिक सञ्जालबाट समेत धेरैले सम्पर्क गरेको बताउँदै सुचना र प्रविधिको प्रयोगले समेत हराएको समान भेटाएको बताए । उनले नाम जस्तै मनभरी धन भएका उहाँबाट सबैले सिक्नुपर्ने बताए ।