पत्रकार राना बचाउ अभियान

0
343

प्लास्टिक एनिमिया रोगबाट पिडित पत्रकार विजय रानाको उपचारका लागि पत्रकार महासंले सुरु गरेको सहयोग अभियानमा सहयोग जुट्ने क्रम बढेको छ । मंगलवार बागलुङका सांसद डा. सुर्य पाठकले रानाको उपचारको लागि व्यक्तिगत ५ हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै नेपाल मगर विद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पसका पुर्व तथा वर्तमान पधाधिकारीहरुले ७ हजार रुपैयाँ सहयोग रकम पत्रकार महासंघका अध्यक्ष दिल श्रीषलाई हस्तान्त्रण गरेका छन् ।

यसैबिच जिल्लाको जैमिनी नगरपालिकामा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज र साहारा क्लव जैमिनी नगपालिका–१ कुश्मिसेराले पत्रकार विजय राना बचाउ अभियान सुरु गरेको छन । प्लास्टिक एनिमिया रोगबाट पिडित पत्रकार विजय रानाको पारिवारिक अवस्थाले उपचार सम्भव नभएकाले उनको उपचारको लागि आफुहरुले पनि सहयोग रकम संकलन थालेको साहारा क्लवका सचिव दिलिप थापाले बताए ।

सोमबार कुश्मिसेरा बजारमा रकम संकलन गरिएको थियो जसमा ४४ हजार १ सय ३० रुपैया संकलन गरिएको भएको छ । पत्रकारिता पेशामा लाग्दा आफ्नो आर्थिक स्थिती मजबुद नहुने हुँदा आफुहरुले पनि सो अभियान सञ्चालन गरेर पत्रकार बचाउन लागि परेको शुभेक्षा एफ.एम. का स्टेसन म्यानेजर सन्ध्या आचार्यले बताईन् । साहारा क्लवका सचिव थापाले यस्तो अभियान एक्लैले सम्भव नहुने हुदा सहकार्य गरि अभियान चलाइएको र यसमा सबैले सहयोग र साथ दिनको लागि अपिल गरे । उनले अभियानलाई जारी राखिने जानकारी समेत दिए ।