सन्दिप शर्मा÷म्याग्दी
जिल्ला युवा समितीको कार्यलय म्याग्दीको आयोजनामा बुधबार खुल्ला बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । समृद्व नेपाल, सुखी नेपाली अभियानमा युवाको भुमिका शिर्षकमा १६ बर्ष देखि माथिका युवाहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा बन्दना परियार प्रथम, बिनोद आचार्य द्विप्तीय, सन्दिप रिजाल तृतिय तथा दिपक शर्मा र दुतप्रसाद पुर्जा सान्तोना स्थान हासिल गरेका छन् ।

उनिहरुलाई क्रमश ः नगद ५ हजार, ४ हजार , तिन हजार र १ बजार रुपौयाँ, अविर तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रमलाई उद्घाटन गर्दै जिल्ला समन्वय समिती म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले युवाहरु ब्यवसायिक वन्नु पर्ने बताउनु भयो । उहाँले युवा वेरोजगार बढी रहेको अवस्थमा युवाहरुले मिलेर लागानि गरेर स्वरोजगार बन्नु पर्ने बताउनु भयो ।

त्यसका लागि राज्यको क्षेत्रबाट हुनु पर्ने सेवासुविधाका बारेमा आफुले सक्दो पहल गर्ने बताउनु भयो ।जिल्ला युवा समिती म्याग्दीका अध्यक्ष देवीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपल पत्रकार महासंघ म्याग्दीका सचिव गोरखनाथ सुवेदीले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन युवा समिती म्याग्दीका कम्युटर अपरेटर अमृत बास्कुनेको सञ्चालनमा सम्पन्न भएको थियो ।