म्याग्दी जेसीजले युवाहरुलाई १ दिने नेतृत्व विकास तालिम

0
162

यूवाहरूको नेतृत्व र सीप विकासले समाजको नेतृत्व गर्न सहज हुने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा सहभागिले बताएका छन्। ‘सम्भावनाको लागि नेतृत्व’ भन्ने मुल नाराका साथ बुधबार बेनीमा आयोजित १ दिने नेतृत्व विकास तालिमको समापनको अवसरमा बोल्दै बेनी नगरपालिका ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले यूवा सक्षम भए समाजबाट विकृतिको अन्त्य गदैं सम्भ समाज निर्माण गर्न सकिने बताए । उनले समाजमा रचनात्मक कार्यको अगुवाई यूवाहरुले गर्नुपर्ने बताए ।

बेनपा–८ को आर्थिक सहयोगमा सम्पन्न भएको तालिममा १८ देखि ४० वर्ष ननाघेका युवाहरुको सशक्तिकरण गर्न व्यक्त्वि तथा नेतृत्व विकास गरी समाज परिर्वतन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । नेतृत्व विकास र उत्प्रेणाकोको बारेमा राष्ट्रिय जेसीजकी केन्द्रिय उपाध्यक्ष मञ्जरी घिमिरे ले प्रशिक्षण दिएकी थिईन् ।

कार्यक्रमको समापनमा बोल्दै म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्माले म्याग्दीका उर्जाशिल युवाहरुलाई जेसीजमा आवद्ध हुने वातावरण बनाउन आफ्नो कार्यकालमा गाउँपालिकास्तरमा समेत पुगेर तालिम तथा रचनात्मक कार्यक्रम सञ्चालन गरेको बताए ।

म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, पूर्व अध्यक्ष बिजय श्रेष्ठ, राष्ट्रिय जेसीजका उपाध्यक्ष मञ्जरी घिमिरेले मन्तब्य दिएका थिए । तालिममा सहभागिको तर्फबाट शारदा हमाल,भैरथ पाण्डे, रञ्जना श्रेष्ठ मन्तव्य राखेका थिए । तालिमको अध्यक्षता म्याग्दी जेसीजका अध्यक्ष विश्वकर्मा, स्वागत कार्यकारी उपाध्यक्ष खम थापामगर र सञ्चालन उपाध्यक्ष अर्जुन पौडेलले गरेका थिए ।