रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट कालिगण्डकीमा खसेको जीपका चालक एक सातापछि सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप तिप्ल्याङको काले ओडार र गाँउगोडाको सिमानामा दुर्घटना हुदाँ बेनी नगरपालिका–९ काउलेगौँडाका ३२ बर्षिय रवी खड्का र घराम्दीकी २० बर्षिया सबिता नेपाली सम्पर्क विहिन भएका थिए ।

दुर्घटनामा दुवैजनाको ज्यान गएको अनुमान गरिएपनि चालक खड्का सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चालक पोखरामा रहेको जानकारी पाएपछि आफन्तको सहयोगमा प्रहरीमा आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढामगरले बेनीअनलाइनलाई जानकारी दिए । ‘घटनाले नयाँ मोड लिएको छ,‘अनुसन्धान भइरहेको छ’ प्रनाउ बुढामगरले भने ।

उनका अनुसार चालकले जीप सडकबाट खोलामा खसेपछि आफुँ उछिटिएर बाहिर निस्किएपछि पौडी खेलेर खोला बाहिर आएको प्रारम्भीक बयानमा बताएका छन् । प्रहरीले खड्काको बयानमा थप रहस्य खोल्ने प्रयास गरेको छ । दलित यूवतीसंग सम्बन्ध राखेको आरोपमा हिस्तानका स्थानीय आमा समुहले खड्कालाई सबिता नेपाली जिम्मा लगाएका थिए ।

आमा समुहको रोहवरमा खड्काले आफुँले जिम्मा लिने भन्दै बोलेरोमा राखेर बेनी आउने क्रममा दुर्घटना भएको थियो । दुर्घटनाको एकसातासम्म चालक जीवित अवस्थामा भेटिनुले घटना थप रहस्यमय भएको छ । गत बिहिबार घराम्दीबाट दुवै जना सवार रहेको बोलेरोमा खड्का र नेपाली बेनी तर्फ आएपनि बाटोमा अन्य यात्रुलालाई पन्छाउँदै बेनी तर्फ आएको स्थानीयले बताएका छन् ।