कालिगण्डकीमा जीपसंगै खसेका चालक कसरी पुगे चितवन ?

0

गत बिहिबार कालिगण्डकीमा जीप दुर्घटनामा बेपत्ता भएका हुदाँ बेनी नगरपालिका–९ काउलेगौँडाका ३२ बर्षिय रवी खड्का करिव एक सातापछि सम्पर्कमा आए । जीप खसेको जानकारी पाएलगत्तै प्रहरी, आफन्त र शसस्त्र प्रहरीको टोलीले दुर्घटनास्थलबाट आसपासका क्षेत्रमा लगातार खोजीकार्य गरेपनि बेपत्ता खड्का र घराम्दीकी २० बर्षिया सबिता नेपालीको अवस्था पत्ता लगाउन सकेनन्।

दुर्घटनाबाट करिव ३ सय मिटर तल जीप भित्र खड्का र नेपाली समेत नभेटिएपछि खोजीकार्य स्थगित गरिएको थियो ।रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट कालिगण्डकीमा खसेको जीपका चालक एक सातापछि सम्पर्कमा आएका छन् ।

अन्नपूर्ण गाउँपालिका–७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप तिप्ल्याङको काले ओडार र गाँउगोडाको सिमानामा भएको दुर्घटनामा परेका खड्का जिवितै परिवारको सम्पर्कमा आएका हुन् । चालक जिवितै भेटिएपनि उनीसंग जीपमा सवार नेपालीको अवस्था अज्ञात छ ।प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढमगरका अनुसार गाडीको स्टेरिङ फेल भएपछि गाडीसंगै खोलामा खसेका खड्काले पौडी खेलेर बाहिर निस्किएको बयान दिएबा छन् ।

खोलाबाट निस्किएलगत्तै रातको समयमा ओडारमा बसेको खड्काले प्रहरीलाई बताएका छन् । खड्काको अवैध गर्भ रहेपछि हिस्तानका घराम्दीका आमा समुहको एक भेलामा यूवतीलाई जिम्मा लगाएका थिए ।यूवतीलाई लिएर बेनी तर्फ आउँदै गरेका खड्काले दुर्घटनामा परेपछि करिव एक सय मिटर तल ओडारमा बसेर रातको समयमा लुकेर पर्वत बेनी हुदै मिलनचोक पुगेको बताएका छन् ।

माक्स लगाएर मिलनचोक हुदै पोखार र चितवनमा पुगेर अन्तिम समयमा परिवारको सम्पर्कमा आएका थिए । प्रहरीले समेत घटना नियोजित हुनसक्ने भन्दै खोजीकार्य संगै खड्काका आफन्तसंग घटनालाई फरक तरिकाले अनुसन्धान गरिरहेको थियो । चितवनमा पुगेर आफन्तकोमा बसेको बताएपनि ठाउँ र नाम प्रहरीलाई जानकारी गराएका छैनन् । मोवाइल जीपभित्र खसेकाले सम्पर्क विहिन भएको खड्काका प्रारम्भीक बयानलाई आधार मान्दै प्रनाउ बुढामगरले बेनीअनलाइनलाई बताएका छन् ।

खोलामा जीप संगै खस्नु, चालक बाहिर निस्किएर चितवनमा पुग्नुले प्रहरीले घटना नियोजित हुनसक्ने आधारमा समेत अनुसन्धान गरिरहेको छ । तत्कालै खोलाबाट सम्पर्कमा आएको भएमा घटनालाई दुर्घटनाको रुपमा हेर्न सकिने प्रसस्तै आधार भएपनि लुकेर पोखरा, चितवनमा पुगेपछि परिवारको सम्पर्कमा आएपछि घटना रहस्यमय भएको प्रहरीको भनाई छ । घराम्दीका ओम बहादुर रन्तिजाको बोलेरो चलाउँदै आएका खड्काले गाउँकमा सविताको पेटमा भएको बच्चा आफ्नो भएको स्वीकार गरेका थिए । गर्भवती यूवतीले समेत खड्काको गर्भ भएको बताएपछि आमा समुहल जिम्मा लगाए लगत्तै जीप लिएर बेनी तर्फ हानिएका थिए ।

कसरी सम्पर्कमा आए खड्का ?
घटना लगत्तै जोखिम मोलेर प्रहरी, स्थानीय र आफन्तले खोलामा खोजीकार्य गरिरहेको अवस्थामा जिवितै पोखरा पुगेका थिए ।रातको समयमा पैदल तथा अपरिचित सवारीसाधनबाट पोखरामा पुगेका खड्काका परिवारले जिवित नभई मृत शरीर भेटिने आश समेत मारेका थिए । बर्षासंगै कालीगण्डकीको बाहव बढ्दै जान थालेपछि जीप भित्र समेत नभेटिएका खड्का र नेपालीको खोजीकार्य स्थगित गरिएको थियो । तिप्ल्याङ देखी बेनीसम्म खोला आसपासका क्षेत्रमा खोजीकार्यमा जुटेका आफन्तले मृत घोषित गर्न सकेमा थिएनन् ।

घटनास्थलमा चालक खड्काको केही पनि नभेटिएपछि उनले ज्यान जोगाएर भोगेको हुनसक्ने अनुमान समेत गरिएको थियो । जीपमा खड्कासंगै सवार नेपालीको पहिचान खुल्ने केही नभेटिएपछि दुर्घटनाको बाहना बनाएर नयाँ जिवन सुरुवात गरेको हुनसक्ने अनुमान गरिएको थियो।घटनाको करिव एकसाता पछि खड्का मात्रै जिवित सम्पर्कमा आउनुले प्रहरीलाई अनुसन्धानका लागि नयाँ बाटो खुलेको छ । प्रहरीले घटनामा खड्काबाटै तथ्य सार्वजनिक गर्नेछ । प्रारम्भीक बयानमा जीपबाट आफुँ पानीमा खसेर पौडी खेलेर बाहिर निस्किएको बताएपनि उनको बयानबाट प्रहरी सन्तुष्ट हुने आधार भेटिएको छैन् ।

खोलामा खसेर जीवितै त्यो पनि शरीरमा कुनैपनि गम्भीर चोट नदेखिएको र र लगत्तै हिडेरै पर्वतमा पुग्न सक्ने खड्काबाट बेपत्ता भएकी नेपालीको वास्तविकता पत्ता लाग्ने छ । कुनै फिल्लको सुटिङ्गको दृष्य जस्तै देखिने यो घटनाबाट प्रहरीले बेपत्ता नेपालीको पहिचानलाई सहजै खोल्ने दावी गरेको छ । बुधबार आफ्नै भाईसंग पोखराबाट बेनी आएका खड्कालाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ । बुधबार प्रारम्भीक सोझपुछ गरेपनि बिहिबार म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।