मंगला गाउँपालिका–५ छिस्वाङ गाउँमा गाउँमाथिबाट खनिएको सडकका कारण पहिरोको जोखिममा परेको छ । बिहिबार राती गाउँको माथिल्लो क्षेत्रबाट टिकावाङ जोड्ने सडक खन्दा फालिएको माटो खहरे खोलाबाट बस्तीमा पुगेको थियो । खोलाले कटान गरेपछि पूर्ण बहादुर पुन र मन बहादुर पुनको गोठमा क्षती पु¥याएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बेनीअनलाइनलाई बताए । उनका अनुसार तत्काल गाउँपालिकाबाट रोकथामका लागि आवश्यक पर्ने ग्याविन उपलब्ध गराउने बताए ।

बाढीपहिरोको जोखिममा रहेको बस्तीमा गाउँपालिकाको बजेटबाट मात्रै सम्भव नभएको बताउँदै रोकाले प्रदेश र केन्द्र सरकारबाट समेत आवश्यक राहत सहित बाढीपहिरो नियन्त्रणका लागि बजेट माग गरिएको बताए । स्थानीय तारा बहादुर क्षेत्रीका अनुसार सडक खन्दा सावधानी अपनाउनुपर्नेमा फालिएको माटोले तीनजनाको घर जोखिममा परेको बताए । उनले चन्द्र बहादुर विकको घरमा समेत असर गरेको बताए । बाढीले क्षती पुगेको क्षेत्रमा गाउँपालिका अध्यक्ष रोका सहित वडा अध्यक्ष भुपेन्द्र बहादुर केसीको टोलीले निरिक्षण गरेको छ ।