विद्यार्थीले महारानीथान मन्दिरमा घण्टी अर्पण

0
287

प्रसिद्ध धार्मिकस्थल बेनी नगरपालिका–७ महारानीथानमा शनिबार विद्यार्थीले घण्टी अर्पण गरेका छन् । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलमा अध्ययरत विद्यार्थीको संस्था बेनी बोर्डिङ्ग च्याम्बरले पुजाआजा संगै मन्दिरमा घण्टी अर्पण गरेका हुन् । शैक्षिक संगै सामाजिक, धार्मिक लगाएतका गतिविधिमा सक्रिय रहेको च्याम्बरमा आवद्ध विद्यार्थीले शनिबारको समयमा धार्मिक मठमन्दिरको सरसफाई, सहयोग हस्तान्तरण गर्ने अभियान अन्र्तरगत मन्दिरमा घण्टी हस्तान्तरण गरिएको च्याम्बरका अध्यक्ष उपेन्द्र विकले बताए ।

‘हाम्रो शैक्षिक उन्नतीमा धार्मिक गतिविधिले पनि सघाउँछ,‘आगामी दिनमा पनि निरन्तरता दिनेछौ’ विकले भने ।उनका अनुसार विद्यालयमा अध्ययरत विद्यार्थीको अभियानमा सञ्चालक, शिक्षकहरुबाट समेत सहयोग रहेकाले पनि सहज भएको बताए ।

घण्टी हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सनम बानियाँ,प्रिन्सिपल मनोहरराज गोर्खाली, अभिभावक हरिकप्रसाद पौडेल लगाएतको उपस्थिती रहेको शिक्षक विशाल खत्रीले जानकारी दिए ।

विद्यार्थीले विदाको समयमा रचनात्मक कार्यलाई अगाडी बढाउने बताएका छन् । जन्मदिन तथा विभिन्न कार्यक्रमबाट संकलन भएको रकमलाई विद्यार्थीले सामाजिक कार्यमा सहयोग गर्ने गरेका छन् । विद्यालयमा रहेको जुरेसले खेलकुद तथा स्वास्थ्य परिक्षणका कार्यक्रम समेत गरेको थियो ।