अर्मन छिस्वाङको विद्यालयलाई कम्प्यूटर सहयोग

0

जिल्लाको मंगला गाउँपालिका–५ छिसबाङमा रहेको सारदा आधारभुत विद्यालयलाई एक यूवाले एकथान कम्युटर सहयोग गरेका छन् । बैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरियाबाट आएका सन्तोष मल्लले ५४ हजार बराबरको कम्युटर उपलब्ध गराएका हुन् । स्थाानीय मल्लले सामुदायिक विद्यालयमा अवाश्यक पर्ने शैक्षिक गतिविधिमा सहयोग हुने गरी कम्प्यूटर सहयोग गरेको बताए ।

उनले विद्यालयलाई भविस्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छिस्वाङबाट तारा बहादुर क्षेत्रीले बताए । विद्यालयका पूर्व विद्यार्थी समेत मल्ललाई समितिका अध्यक्ष दुर्गाबहादुर खत्री र प्रधानध्यापक खगेन्द्र सापकोटो सम्मान समेत गरेका थिए । आधारभुत तहको विद्यालयमा आवश्यक पर्ने शैक्षिक साम्रागी सहित विभिन्न समस्याका बारेमा प्रवासमा रहेका अर्मनबासीलाई सहयोगको अनुरोध समेत गरिएको छ ।