म्याग्दीका एकेन्द्र फगामीको नक्कली भिषामा श्रम स्विकृति दिएपछि..

0
684

वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगार विभागबाट श्रम अनुमति लिनु पर्ने हुन्छ । श्रम कार्यालयले अनुमति दिनु पूर्व काम गर्न जान लागेको कम्पनीसँगको सम्झौता, जान लागेको देशको वर्क पर्मिट तथा भिषा सक्कली भएको ऐकिन गरेपछि मात्रै श्रम अनुमति दिने प्रावधान छ । तर श्रम कार्यालय ताहाचालमा सेटिङ मिलेपछि नक्कली भिषामा पनि श्रम अनुमतीको छाप लाग्ने गरेको छ ।

बागलुङका गणेश बहादुर पुन, सल्यानका विशाल रावल तथा म्याग्दीका एकेन्द्र फगामी रोजगारीको लागि पोल्याण्ड उड्न लाग्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनले भिषा नक्कली भएको भन्दै फर्काइदियो । उनीहरुलाई पोल्याण्ड लैजाने भन्दै कंलकी बस्ने सपना गुरुङ भनिने माया देवी गुरुङले ६ लाख ५० हजार देखि ७ लाख सम्म लिएकी थिइन ।

उनिहरुलाई पहिले अन्तर्वातको लागि इन्डीया जानु पर्ने भने पनि पछि नेपालमै भिषा थमाएकी थिइन । र गुरुङकै सेटिङमा दिनेश अधिकारी भनीने एजेन्ट मार्फत श्रम कार्यालयले ५ दिनमा श्रम अनुमती दिएको थियो ।उनीहरु घर परिवारबाट विदा भएर निस्केको ७ महिना भैसक्यो । परिवारले विदेश पुगेको भनीरहँदा छोराहरु काठमाडौ दलालसँग पैसा फिर्ता गराउन धाइरहेका छन् ।