बाढीले बेनी–जोमसोम सडक अवरुद्ध

0

सदरमुकाम बेनीदेखी १० किमी उत्तर रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलामा आएको बाढीले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध छ । दुई वर्षअघि भदौमा बाढीपहिरोले १५ घरसमेत पक्की बगाएपछि बेगखोलामा बाढीले हैरान पार्ने गरेको छ ।आइतबार साँझदेखी लगातारको झरीले बेगखोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको हो । यातायात रोकिएपछि सयौं यात्रु बेगखोलामा अलपत्र छन् ।

‘बेगखोलामा पानी पर्‍यो कि डेब्रिज बगाएर ल्याउने हुँदा सडक अवरुद्ध हुन्छ । डोजर स्ट्याण्डबाई छ, बाढीको सतह घट्नासाथ सावरी पास गराउने गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख डिएसपी बीरबहादुर बुढाले भने, ‘बेगखोलामा पक्की पुलको संरचना नबन्दासम्म सँधैको रोग हो ।’ त्यसैगरी सदरमुकामबाट पश्चिम दरबाङ्ग तर्फ छुट्ने बेनी–दरबाङ्ग २४ किमी सडकको फापरखेत र लाम्पाटामा गएको पहिरोले यातायात अवरुद्ध छ । दरबाङ्गबाट पश्चिम बाग्लुङ्ग जोड्ने रुम सडक, ताकम र विम सडकहरु पनि पहिरोले अवरुद्ध छन् ।घनश्याम खडका