लमसुङमा महिला शसक्तिकरण सम्वन्धि अभिमुखिकरण

0

म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं २ लमसुङमा दुईदिने महिला शसक्तिकरण सम्वन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ । धौलागिरी गापा २ का ४० जना महिला सहभागि सो तालिममा प्रशिक्षक हिरा शर्माले महिला हिंशाबाट वच्ने रोकथामका उपायहरुका साथै महिला सशक्तिकरणका विषयमा तालिम दिनुभएको थियो ।

कार्यक्रममा सहभागिहरुको तर्फबाट गौसरा विकले यस्ता तालिमहरुले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा तालिम उपलव्धीमूलक रहेको बताउँदै आफू अन्यायमा पर्दा कहाँ गएर उजुरी गर्ने भन्ने विषयमा थाहा नहुने हुँदा अधिकाँश महिलाहरु अन्योलमा परेका बताउनुभयो । वडा सदस्य सुवादेवी पुर्जाले महिलाहरुलाई परेको घरेलु हिंसा सम्वन्धि घटना भएमा गाउँपालिकाको न्यायिक समितिमा आएर उजुरी गर्न सकिने र समितिले प्रक्रिया अघि वढाउने जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा वडाअध्यक्ष डमप्रसाद विकले यस्ता कार्यक्रमहरुले महिलाहरुलाई निकै जागरुक बन्ने र आफूहरुले पनि महिलाहरुको समस्या समाधानमा सघाउ पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रम वडाअध्यक्ष डमप्रसाद विकको अध्यक्षता,स्थानीय जेष्ठ महिला नरिमा पुनको प्रमुख आतिथ्यता,सचिमाया बूढाको स्वागत र शिक्षिका यामकुमारी पुनको संचालनमा सम्पन्न भएको थियो ।