देविस्थानका मनोज विकलाई लायन्स क्लव पिस सिटीको २५ हजार सहयोग

मालिका गाउँपालिका–५ देविस्थानका मनोज विकलाई लायन्स क्लव अफ बेनी पिस सिटीले शैक्षिक गतिविधिमा सघाउने भएको छ । परिवारकै अभिभावक जस्तै रहेका विकलाई क्लवले पहिलो अधिवेशनबाट शैक्षिक गतिविधि, लत्ताकपडा लगाएतमा खर्च गर्ने गरी पहिलो चरणमा २५ हजार आर्थिक सहयोग गरिएको हो।

क्लवको एक सदस्य एक शैक्षिक अभिभावक कार्यक्रम अन्र्तरगत बर्ष २०१८÷१९ का सह–कोषाध्यक्ष नन्दकुमार पाइजाले आफ्नो बैवाहिक जीवनको अवसरमा विकलाई सहयोग गरेको क्लवका अध्यक्ष लोकेश पुन मगरले बताए । ‘परिवारकै अभिभावक विकलाई थप सहयोग जुटाउने प्रयासमा छौ,‘आर्थिक अभावले उनको परिवारमा समस्या हुन दिदैनौ’ पुनले भने ।

Posted by बेनीअनलाइन – Benionline.com.np News on Tuesday, July 10, 2018

८ बर्षिय मनोजका पिताको करिव ३ बर्ष अगाडी तत्कालिन बिम गाविस हाल (मालिका–७ बिम)मा खच्चडबाट सामान ढुवानी गर्दा लडेर मृत्यु भएपछि अपाङ्ग आमा गोरी विक र ४ बर्षिकी बहिनी मनिषालाई रेखदेख गर्ने गरेका छन् । अध्यक्ष पुनमगर, निर्वतमान अध्यक्ष शाक्यले क्लवका क्लवका एजुकेशन डाइरेक्टर दिपक श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए । क्लवका अन्य सदस्यले समेत आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
विहान बेलुकी खाना पकाउने तथा आमा र बहिनीको जिम्मेबारीका कारण मनोजले शैक्षिक गतिविधिमा प्रयाप्त समय दिन पाएका छैनन् ।

शरीरमा एकसरे लुगा समेत लगाउन नसक्ने र पेटभरी खान नपाउने मनोजले परिवारका सदस्यलाई सहयोग जुटाएर खुवाउने गरेका छन् । बिकलाई यसअगाडी मालिका गाउँपालिका २ रुम बेली घर भई हाल इजारायलमा रहेकी विष्णु पुन मगरले समेत ५ हजार सहयोगको घोषणा गर्नुभएको छ । विकको अवस्थाका बारेमा नागरिक दैनिकले समाचार प्रकाशित भएको थियो । क्लवले जिल्लाका ६ वटै स्थानीय तहमा लक्षित गरी शैक्षिक सहित रचनात्मक कार्यक्रम गर्ने उनले बताए ।

क्लवको पहिलो अधिवेशनको अवसरमा विकलाई सहयोग घोषणा गदैं नवनिर्वाचित पदाधिकारी सहित क्लवका सदस्यले निवन्ध प्रतियोगिता, अपाङ्गता भएकालाई हिब्लचियर वितरण, आखाँ चेकजाँच शिविर, मधुमेहका बिरामीलाई लक्षित गरी शिविर, क्यान्सर रोगका बारेमा जनचेतनामुलक कार्यक्रम,बृक्षारोपण, डस्बिन वितरण, रक्तदान, छात्रबृत्ती वितरण, बृद्धबृद्धालाई राहत लगाएतका कार्यक्रम गर्ने निर्वतमान अध्यक्ष राजेश शाक्यले बताए । ‘शैक्षिक क्षेत्रमा धेरै केन्द्रित हुने कार्यक्रम तय गरिएको छ,‘दुर्गमबस्तीका जनतासम्म पुग्ने प्रयासमा छौ’ शाक्यले भने । क्लवले स्थापनाकाल देखी नै सामाजिक कार्यलाई प्राथमिकतामा राखेको छ ।