म्याग्दीमा २१ सय ५० घरधुरी बाढीपहिरोको जोखिममा

कमजोर र भिरालो भू–बनोट, छोटो समयमा हुने अधिक वर्षा र विनासमैत्री विकासले जिल्लामा करिव २१ सय ५० घरधुरी बाढीपहिरोको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा प्रतिबर्ष ३७ लाख ४५ हजार, ६९० घन मिटर मलिलो माटो बग्ने गरेको कारण सहर तथा ग्रामिण क्षेत्रमा ठूलो परिमाणमा भू–क्षय र पहिरो जाने गरेको भू–संरक्षण कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा १८ भन्दा बढी ठूलो पहिरो र सयौंको संख्यामा रहेका मध्यम तथा साना पहिरोले करिव ९ सय र बाढीले १२ सय ५० घरधुरी जोखिममा रहेका।् पहिरोले १ हजार ३४.१ हेक्टर क्षेत्रफल ओगटेको कार्यालयले जनाएको छ । कार्यालयले बार्षिक गतिविधिको समिक्षाको क्रममा सार्वजनिक गरेको विवरणमा जिल्ला भू–संरक्षण कार्यालयबाट हालै उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका उपसचिव दिवाकर पौडेलका अनुसार जिल्लाका साविकका ४१ मध्ये ३७ गाविस बाढीपहिरोको जोखिममा रहेको बेनीअनलाइनलाई बताए ।

उनका अनुसार बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गरी जिल्लाका ६ वटै स्थानीय तह भित्र रहेका साना तथा ठुला बस्तीहरु बढीपहिरोको संवेदनशील क्षेत्रमा समावेश गरिएको बताए । त्यस्तै कालिगण्डकी र म्याग्दी नदीको कटानले तटिय क्षेत्रका बस्ती जोखिममा रहेको बताए । जिल्लामा रहेका ठाडो तथा सहायक खोला राहुघाट खोला, घट्ठेखोला,फूलबारी रितुमखोल,घट्ठे खोलाको कटानले समेत जोखिम बढाएको छ ।

जिल्ला भु–संरक्षण कार्यालयका अनुसार मालिका गाउँपालिकाको ओखरबोटको जुगेपानी पहिरोबाट ९३ घरधुरी, बेनी नगरपालिका–२,३तोराखेतका १९ घरधुरी, बेनपा–१० पात्लेखेत बाँन्द्रेखाल्टो पहिरोबाट ८० घरधुरी,बेनपा–५ पुलाचौरको चिप्लेटीमा ४६ घरधुरी, रघुगंगा गाउँपालिका–६ पाखापानी ४५ घरधुरी उच्च जोखिममा रहेका छन् ।
म्याग्दीका मुख्यपहिरोहरुः
ज्ञ। बान्द्रेखाल्टीपहिरो, पात्लेखेत, बे.न.पा. १०
द्द। पाखाखेतपहिरो, पात्लेखेत, बे.न.पा. १०
घ। पाखापानीऔलको पहिरो, रघुगंगा गा.पा.६,
द्ध। जुकेपानीपहिरो, ओखरबोट, मालिकागा.पा. ४
छ। तोराखेतको पहिरो, भकिम्ली, बे.न.पा.५
ट। जुकेपानीपहिरो, लुलाङ्ग, धौलागिरीगा.पा. २
ठ। दरगाउँको पहिरो, मुना, धौलागिरी गा.पा. ३
ड। गाउँमुनिको पहिरो, दग्नाम, रघुगंगा गा.पा. ४

ढ। चिप्लेटी पहिरो, पुलाचौर, बे.न.पा.५
ज्ञण्। गोगनपानीपहिरो, दरबाङ्ग, मालिकागा.पा. ६
ज्ञज्ञ। नेटाको पहिरो, अर्मन, मंगलागा.पा. ५
ज्ञद्द। खर्सुपानीपहिरो, बरंजा, मंगलागा.पा. ३
ज्ञघ। तल्लो गाउँको पहिरो, शिख, अन्नपूर्ण गा.पा. ५
ज्ञद्ध। लाम्पाटाको पहिरो, मंगलागा.पा. २
ज्ञछ। फापरखेतको पहिरो, बे.न.पा. ४
ज्ञट। राम्चेको पहिरो(बैसरी पहिरो), अन्नपूर्ण गा.पा. ८
ज्ञठ। रायखोरको पहिरो, पाखापानी, रघुगंगा गा.पा. ६
ज्ञड। घ्याङग्रीखोलाको पहिरो