अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो, ठाउँठाउँमा पहिरोको जोखिम

पहिरोले अवरुद्ध भएको मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक सुचारु भएको छ । अन्नपूर्ण गाउँपालिका ३ दानाको तितरमा गएराती गएको भीषण पहिरोले सडक अवरुद्ध भएको थियो । सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाउन दिनभरी लागेको शर्मा गजुरमुखीका प्रोजेक्टका सुपरभाईजर इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार सडक अवरुद्ध हुदाँ बेनी हुदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका थिए । पहिरो पन्छाए लगत्तै सिधा यातायात सञ्चालन भइरहेको बताए । छिमेकी चिनको तिब्वत जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणको जिम्मा लिएका ठेकेदारलाई पन्छाउन प्रयोग गरिएबो बताए । गण्डकी प्रदेशको बेनी–जोमसोम–कोरला सडक आयोजना गण्डकी प्रदेशकोे लाइफ लाइन मानिएको छ ।

सडक विस्तारको क्रममा ठाउँठाउँमा पहिरोको सम्भावना रहेको छ । सडक अवरुद्ध भएमा तत्कालै खुलाउने गरी काम गर्न आयोजनालाई गाउँपालिकाले समन्वय समेत गरेको छ । सडकखण्डमा ब्रेकर लगाइएकाले पनि अनुकुल मौषममा समेत ढुंगा खस्ने गरेको छ । सडक निर्माणको जिम्मेबारी लिएकाले समेत अवरुद्ध पन्छाउने प्रतिबद्धता जनाएका छन् ।