म्याग्दीका सबै स्थानीय तहमा प्रभु बैंकको शाखा

म्याग्दीको सबै स्थानीय तहमा प्रभु बैंकले शाखाक विस्तार गर्ने भएको छ । स्थानीय तहमा रहेका सेवाग्राहीलाई लक्षित गरी सरल र सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले असार २८ गते धौलागिरी र रघुगंगा गाउँपालिकामा एकैपटक नयाँ शाखा विस्तार गर्ने भएको छ । स्थानीय तहमा आक्रमक रुपमा पहुँच विस्तार गरेको प्रभु बैंकले बिहिबार जिल्लाको धौलागिरी गाउँपालिका–७ ताकम र रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा शाखा विस्तार गर्ने बैंकका दरबाङ शाखा प्रमुख विपिन चोखालले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार् दुवै गाउँ गाउँपालिका अध्यक्ष थमसरा पुन र भव बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा शाखा उद्घाटन गरिने छ । आधा दशक अगाडी नै बेनी नगरपालिका र मालिका गाउँपालिकामा प्रभु बैंकको शाखा रहेपनि संघीय संरचना अनुसार स्थानीय तहमै वित्तिय संस्थाको पहुँच पुग्नुपर्ने भएपछि जिल्लाका सबै स्थानीय तहका सरकारी कारोबार सहित आफ्नो सञ्जाल विस्तार गर्न शाखा विस्तारलाई तिब्रता दिएको छ ।

शाखाको उद्घाटनका समारोहमा प्रभु् बैंकको क्षेत्रीय कार्यालय प्रमुख उत्तम कुमार राजभण्डारी, र क्षेत्रीय कार्यालय प्रमुख केशव दाहालको उपस्थिती हुने जनाइएको छ। । प्रभुले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र मंगला गाउँपालिकाको बावियाचौरमा समेत शाखा विस्तारका लागि संरचना बनाइरहेको छ । जिल्लामा हालसम्म गरिमा विकास बैंकले बेनी, पोखरेबगर, बावियाचौ र दरवाङमा गरी चारवटा शाखाबाट करोबार गरिरहेको छ । बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।