म्याग्दी/एक वर्षअघिसम्म बजार समस्याका कारण उत्पादित चीज त्यसै कुहिने अवस्था आएपछि चिन्तित बनेका किसानहरु यतिबेला यसको माग बढ्न थालेपछि उत्साहित भएका छन् ।

धौलागिरि अाचलमा नै पहिलोपटक म्याग्दीको पाउद्वारमा स्थापना भएको खयर बराह चीज उद्योगद्वारा उत्पादित चीजको देशभित्रका विभिन्न पर्यटकीयस्थलबाट माग बढ्न थालेपछि किसानहरु उत्साहित बनेका हुन् ।

ूएक वर्षअघिसम्म चीजले बजार नपाएर त्यसै कुहिने अवस्था थियो अहिले भने बजारमा माग भए जति पुर् याउन सकिएको छैनू- सात वर्षअघि २०५८ सालमा स्थापित उद्योगका बारेमा जानकारी गराउँदै उद्योग साचालक समितिका संयोजक डिलबहादुर तिलिजाले बताए । देश शान्तिप्रकि्रयामा प्रवेश गरेलगत्तै पर्यटक आगमनमा वृद्धि भएपछि म्याग्दी मुस्ताङ र पोखराका विभिन्न पर्यटकीयस्थलमा चीजको खपत बढेको स्थानीय पाउद्वार माविका शिक्षकसमेत रहेका तिलिजाले बताए ।

उद्योगबाट दैनिक तीन किलोग्रामका दरले उत्पादन हुने चीज प्रतिकिलो रु।तीन सय २० मा बिक्री गरिँदै आएको छ । त्यस्तै सोही अनुपातमा घ्यु पनि उत्पादन हुने गरेको छ । स्थानीय कृषकहरुबाट दूध सङ्कलन गरी चीज उद्योग साचालन गरिँदै आएको हो ।

चौरी र उन्नत जसर्ी गाईको दूधबाट उद्योगमा उत्पादित चीज अरु ठाऊमा उत्पादन भएको भन्दा धेरै स्वादिलो र गुणस्तरीय भएकाले यसको माग बढेको तातोपानीका होटल व्यावसायी अनिल हिराचन बताउछन् । बजारमा चीजको खपत बढेपछि एकै वर्षमा विगतको घाटा पूर्ति भएर पनि रु।एक लाख नाफा भएको संयोजक तिलिजाले जनकारी दिए ।

चीज उद्योगबाट भएको आम्दानीले पाउद्वार माविका च्ाारजना निजी स्रोतका शिक्षकलाई तलब खुवाइँदै आएको विद्यालयले जनाएको छ । उक्त बिद्यालय चिज उत्पादन बर्षेनी खरबराहमा लाग्ने मेला तथा अन्य आयश्रोतले साचालन गरीदै आएको छ ।

विज्ञापन