लभ्लीहिलमा म्याग्दी जेसीजले बोर्ड अनावरण

0

जिल्लाको पर्यटकीयस्थलको प्रचारप्रसारमा जुटेको म्याग्दी जेसीजले लभ्लीहिलमा बोर्ड अनावरण गरेको छ । सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तब्यको रुपका विकसित भइरहेको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिलमा वडा अध्यक्ष हिरा बहादुर थापा र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले बोर्डको अनावरण गरेका थिए ।

बोर्ड जेसीजका पूर्व उपाध्यक्ष हाल जापानमा रहेका प्रदिप कार्कीले सौजन्य गरेका थिए । यूवाको नेतृत्व तथा ब्यक्तित्व विकास संगै स्थानीय तहमा रहेका सम्भावनालाई उजागर गर्ने अभियान अन्र्तरगत आयोजित कार्यक्रममा बोल्दै बेनपा–२ का कार्यक्रममा वडा अध्यक्ष थापा र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष बस्यालले अभियानले पर्यटकीयक्षेत्र चिनाउन सहज भएको बताए । 

कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष धनन्जय कुमार श्रेष्ठ, महासचिव श्रीराम पौडेल, उपाध्यक्ष श्याम सुन्दर पौडेल, जेसीज पवर्त अध्यक्ष राजन जोशी, जेसीज कास्की अध्यक्ष शिव सुबेदी लगाएतको उपस्थिति रहेको कार्यक्रम संयोजक खम थापा मगरले बेनीअनलाइनलाई जानकारी दिए ।सोही अवसरमा बृक्षारोपण समेत गरिएको थियो । कार्यक्रमको समापन गदैं म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्माले म्याग्दी भ्रमण बर्ष २०७५ लाई भब्य रुपमा सफल बनाउन पर्यटकीयस्थलमै पुगेर थप कार्यक्रम गर्ने बताए।

डेटिङस्पटको रुपमा चर्चामा आएसंगै लभ्लीहिल नामाकरण गरिएको उक्त स्थानमा पुग्न सदरमुकाम बेनीबाट करिव २५ मिनेटको पैदल र सवारीसाधनमा १० मिनेटमै पुगिन सकिने लभ्लीहिलमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि पूर्वाधार निर्माण समेत गरिएको छ । पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा झण्डै १२ लाख बढीको लगानीमा लभ्लीहिलमा पूर्वाधार विकास गरिएको छ । यसअगाडी म्याग्दी जेसीजले रघुगंगा गाउँपालिका २ मा अवस्थित पर्यटकीयस्थल रुईसेमा समेत र्बोडको अनावरण गरेको थियो ।