जिल्ला अदालत म्याग्दीले गत आर्थिक बर्षमा लक्ष्य भन्दा धेरै मुद्धा फछ्यौट गरेको छ । बार्षिक लक्ष्य ७५ प्रतिशत तोकिएकोमा आर्थिक वर्ष २०७४÷०७५ मा ७५ दशमलब २३ प्रतिशत मुद्धा फछ्यौट गरिएको जिल्ला अदालतले जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्तेदार राजु ढुंगानाले अदालीत काम कारवाही सेवाग्राहीमैत्री बनाउँदै सेवाका बारेमा ग्रामिण क्षेत्रमा गरिएको कार्यक्रमले समेत अदालतप्रति रहेको पुरानो धारणा परिवर्तन भएकाले पनि पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै जान थालेको बताए ।  उनका अनुसार जिम्मेबारी सरेको मुद्धा ६६, नयाँ दर्ता २६१ गरी ३२७ मुद्धामा २ सय २४६ फछ्यौट भएको जनाए ।प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका कारण धेरै दिन निर्वाचनको तयारी, मतगणना लगाएतमा विताउनुपरे पनि लक्ष्य अनुसार मुद्धा फछ्यौट गर्न सफल भएको बताए ।

‘अदालतभित्र प्रवेश गर्ने सेवाग्राहीले कुनैपनि असहज महसुस गर्नुपरेको छैन्,‘आगामी बर्ष सेवालाई थप प्रभावकारी बनाउँछौ’ उनले भने ।त्यस्तै फैसला कार्यान्वयनमा ४६ निवेदन दर्ता भएकोमा ३२ फछ्यौट, १४ वटा बाँकी रहेको छ । फैसला फछ्यौटको प्रतिशत ६९.५६ प्रतिशत रहेको छ । यसैगरी बार्षिक कार्य योजना अन्र्तरगत कैद असुली लक्ष्य ८१ बर्ष राखिएकोमा १७३÷३÷८ भएको छ । २१३ प्रतिशत फछ्यौट भएको छ ।

फैसलाले लागेको दण्ड जरिवानामा अघिल्लो आर्थिक बर्षको ७४ लाख ४६ हजार ८२२ रहेकोमा गत आव २०७४÷०७५ मा ९ लाख ८० हजार ५ सय गरी कुल ८४ लाख २७ हजार ३२२ मा ४० लाख ७४ हजार ३९९ फछ्यौट भएको अदालतले जनाएको छ । लक्ष्यको तुलनामा जरिवाना ५४७.१३ प्रतिशत रहेको श्रेष्तेदार ढुंगानाले बताए ।

उनका अनुसार फैसलाले लागेको दण्ड जरिवाना र सरकारी बिगो लागेका सर्वसाधारणले बुझाउन आउन प्रतिशत छुटको सुचना गरिएको आगामी श्रावण ९ गते सम्म म्याद रहेको बताए । स्थानीय तहसंग सहकार्य गरी कैद तथा जरिवाना लागेका ब्यक्तिको खोजी भइरहेको जनाएको छ । गत आवमा ९ जनालाई पक्राउ गरी प्रहरीले पाउने प्रोत्साहन रकम समेत उपलब्ध गराइएको श्रेष्तेदार ढुंगानाले जनाए ।

उनले अदालती प्रक्रिया झन्झटिलो, महंगो र ढिलासुस्ती हुने गुनासोलाई मध्यनजर गरी सेवाका बारेमा ग्रामिण क्षेत्रसम्म पुगेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने जनाए । यसैबीच अदालतभित्रको संरचनालाई समेत नमुना बनाउने गरी बगैंचा, सिसी क्यामेरा जडान,पेशीमा रहेको मुद्धाको अवस्थाबारे सेवाग्राहीलाई जानकारी दिने गरी डिस्प्ले मनिटर, अपाङ्ग मैत्री भवन लगाएत सेवाग्राहीको सहजता हुने गरी संरचना बनाइएको जनाइएको छ ।