रघुगंगा गाउँपालिका–४ दग्नामको तोयमा पहिरोले सडक भासिएको छ । राहुघाट खोलाबाटै फैलिएको पहिरोले दग्नाम जोड्ने मोटरबाटो र पैदलमार्गमा क्षती पु¥याएपछि आवतजावतमा समस्या भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँट– दग्नाम जोड्ने सडकको दवाङ भिर, तोय क्षेत्र, आर्यघाट स्थल(भ्वाने) आसपासमा क्षेत्रमा जमिन भासिएको स्थानीय यूवा मोहन तिलिजाले बेनीअनलाइनलाई बताए ।‘पैदलयात्रीलाई सास्ती भएको छ,‘निरन्तर बगेको पहिरोले क्षती पुगेको छ’ तिलिजाले भने ।

उनका अनुसार ३ बर्ष अगाडी नै आर्यघाटस्थल पहिरोले बगाएको बताए ।भिरालो जमिनमा धाँजा फाटेपछि १५ मिनेटको दुरी रहेको मार्गमा पुग्न करिव एक घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाई छ ।गत असार ३१ गते देखी निरन्तर पहिरो बगेको छ । पहिरोले सडक र पैदलमार्गमा क्षती पुगेपछि दग्नाम, दर्मिजा, चिमखोला, कुईनेमंगले लगाएतका क्षेत्रबाट गाउँपालिकाको केन्द्र तथा सदरमुकाम बेनी आवतजावतमा समस्या भएको छ ।

सडकमार्ग भन्दा करिव १ सय मिटर माथीसम्म पहिरो फैलिएपछि थप जोखिम बढेको छ । पहिरोस्थलमा निरन्तर निगरानी बढाइएको पडा अध्यक्ष एक बहादुर गर्बुजाले बताए । उनका अनुसार तत्काल रोकथाम र बैकल्किप बाटोका ला।गि आवश्यक बजेट र श्रमदानको अपिल गरिएको छ । पहिरोस्थलमा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाल, गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलीजा, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा लगाएतले निरिक्षण गरेका छन् ।