अवरुद्ध बेनी–मालढुंगा सडक सुचारु

0

गएरातिदेखिको अबिरल वर्षाका कारण अवरुद्ध बनेको पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक केहीबेर अघिदेखि सुचारु भएको छ । अबिरल वर्षाका कारण जलजला गाउँपालिका–८ लस्तीमा रहेका सारंगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय बागलुङ, सुरक्षाकर्मी र यातायात व्यवसायीको पहलमा सडक सुचारु गरिएको प्रहरीले जनाएको छ । त्यस्तै सडकमा गुडिरहेको ध १ ज ५४२ नं को एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदीमा पु¥याएको छ । ट्याक्सीमा सवार यात्रु भने सकुसल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदीप सापकोटाले जानकारी दिनुभयो ।ठूलो वर्षा भएका कारण तत्काल सडक खुलाउन नसकिएको हो । सडक अवरुद्ध हुँदा अलपत्र परेका म्याग्दीको बेनी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।