म्याग्दीकी एक महिला ओमनमा अलपत्र परेकी छन् । रोजगारको सिलसिलामा यूएईमा आर्कषक तलब सुविधाको प्रलोभन देखाएर ओमनमा पु¥याइएकी बेनी नगरपालिका ९ नेप्टेचौरकी हिरा परियारले आफ्नो जीवन रक्षाको माग गरेकी छन् ।

१० महिना अगाडी युएईको अस्पतालमा राम्रो काम र तलबको सुविधा रहेको आश्वासन दिएर दलालले भारतको नयाँ दिल्लीबाट दुवई हुदै ओमनमा पु¥याएको उनले परियारको भनाई छ । उनका अनुसार ओमनमा दैनिक कुटपिट गदैं कम्पनीमा लैजाने र घर फर्किएपछि भारतीय मुलका दम्पत्ती र उसका छोराछोरीले समेत कुटपिट गर्ने गरेको बताए।‘मलाई दैनिक कुटपिट गर्दछन्,‘‘मेरो शरीरमा चोट छ, दैनिक चारपाँच पटक कुटपिट गर्दछन’उनले भनाई उद्धित गदैं आफन्तले भने ।

पीडितका दाजु गोपालले बेनीस्थित होटल याकका सञ्चालक बाबुराम आचार्यलाई भिडियो पठाएपछि घटना सार्वजनिक भएको हो । शरीरको विभिन्न भाग कुटपिटका कारण काम गर्न नसक्ने अवस्थामा पुगेकी छन् । भारतीय मुलका ओमनी नागरिकको घरमा काम गदैं आएकी उनलाई खान नदिने, पिट्ने, तलब नदिने गरेकाले ओमनस्थित नेपाली दुतावासलाई उद्धारका लागि अनुरोध गरेकी छन् । दुबई र ओमनमा काम भन्ने गरी एक्कासी भारतीय मुलको परिवारको जिम्मा लगाएपछि दैनिक नर्कको बास भएको पीडितको भनाई छ । लामो प्रयासपछि घरधनीलाई भुक्काएर सामाजिक सञ्जालमार्फत आफ्नो दाईलाई भिडियो पठाएपछि घटना सार्वजनिक भएको थियो ।