जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक साम्रागी

0
266

म्याग्दीका एक यूवाले जन्मदिनको अवसर पारेर म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई अडियो साम्रागी सहयोग गरेका छन् । जन्मदिनमा अनावश्यक तडकभडक र फजुल खर्चलाई नगरी मंगला गाउँपालिका–२ तल्लो डडुवाका नेत्रराज सुबेदीले क्याम्पसमा स्नातक तहमा अध्ययनरत रघुगंगा गाउँपालिका–५ झिँ की धनमायाँ विकलाई अडियो बुक, पेनड्राइभ, बे्रल पेपर, अडियो प्लेयर लगाएतका आवश्यक शैक्षिक साम्रागी हस्तान्तरण गरेका हुन् ।

जन्मदिनको अवसरमा साथीभाई जोडिएर अनावश्यक खर्च गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्न आफुँले जन्मदिनको अवसरमा रचनात्मक कार्य गर्ने प्रयास गरेको बताए । उनले सोही अवसरमा विकलाई चारबर्ष सम्म आवश्यक पर्ने अडियो शैक्षिक साम्रागी सहयोगको प्रतिबद्धता समेत जनाएका छन् ।सदरमुकाम बेनीस्थित लोकदिप बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक समेत रहेका सुबेदीले दुईबर्ष अगाडी क्याम्पसमा अध्ययनरत दृष्टिविहिन गोपाल खत्री र गतबर्ष म्याग्दीकै परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै दृष्टिविहिन विकले आफुँलाई परिवारबाट चरम यातना दिएपनि स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले उच्च शिक्षालाई निरन्तरता दिन सहज भएको बताईन् । उनले दृष्टिविहिन भएकै कारण जन्मदिन बुबाले समेत आमाको निधन भएपछि चरम यातना दिने गरेको विगतलाई सम्झिएर भविस्यमा दृष्टिविहिन बालबालिकालाई सहयोग गर्ने गरी शिक्षक बन्ने आफ्नो चाहना रहेको बताईन् ।

क्याम्पस प्रमुख टिकाराम सापकोटाले अपाङ्गता भएका विद्यार्थीलाई क्याम्पसले आवश्यक सबै सहयोग गरेको बताए । उनले दृष्टिविहिन विद्यार्थीलाई लक्षित गरी पुस्तकालयको ब्यवस्थापन गरिने बताए । सोही अवसरमा पत्रकार हरिकृष्ण गौतमले विकलाई १ हजार सहयोग गरेका थिए । कार्यक्रमको सञ्चालन क्याम्पसका विद्यार्थी हरिकृष्ण आचार्यले गरेका थिए । जिल्लामा पछिल्लो समय जन्मदिनमा बालगृहका बालबालिका, सामाजिक संघसंस्था लगाएत परोकपारी कार्यमा सहयोग गर्ने प्रचलन बढेको छ ।