धवलागिरी गाउँपालिकाका विभिन्न वडाबाट अस्थायी र स्थायी रुपमा काठमाण्डौमा बसोबास गर्नेहरुको भेलाले धवलागिरी गाउँपालिका समाज काठमाण्डौ गठन गर्ने निर्णय गरेका छन् । शनिबार काठमाण्डौको बानियाँटारमा भएको भेलामा गाउँपालिका भित्रका सबै वडाबासीलाई समेटेर अर्को भेलाले समिति गठन गर्ने निर्णय भएको दिप छन्त्यालले बताए । उनका अनुसार भेलाले विधान उपसमिति, पदाधिकारीको रुपरेखा लगाएत आवश्यक विभिन्न विषयमा छलफल भएको थियो ।

चित्र बहादुर छन्त्यालको अध्यक्षतामा भएको भेलामा गाउँपालिका भित्रका सबै ७ वटै वडाबाट प्रतिनिधित्व हुने गरी समिति बनाउनुका साथै विभिन्न उपसमिति बनाउन भेलाले सहमित जनाएको छ । गाउँपालिकाबाट काठमाण्डौमा बसोबास गर्नेहरुले आफ्नो वडामा हुने विकास निर्माण, सामाजिक तथा विभिन्न गतिविधिमा सक्रियता देखाउन सहज हुने जनाइएको छ । भेलाले कानुनी सहित आवश्यक प्रक्रियता पुरा गरे लगत्तै भेलाबाट समाजको प्रथम अधिवेशन गर्ने जनाएको छ ।