नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको आर्दथ र विचारबाट विचलित हुदाँ पार्टीलाई क्षती पुग्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन्

प्रजातन्त्रका सेनानी एवम प्रथम जन निर्वाचित प्रधानमन्त्री समेत रहेका कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्मृति दिवसको अवसरमा बोल्ने बक्ताले प्रतिनिधि तथा प्रदेश निर्वाचनमा प्राविधिक कारणले पराजित भएपनि पार्टी बिचार र सिद्धान्तबाट विचलित नभएको बताएका थिए । बिचार र सिद्धान्तबाटै विचलित भएमा पार्टीलाई अपूरणीय क्षती हुने बताउँदै बर्तमान सरकारले एकदलिय शासन जस्तै गरी शान्तिपूर्ण आन्दोलनलाई समेत हस्तक्षेप गर्ने कार्यको विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

स्मृति दिवसको अवसरमा बोल्दै पार्टीका सचिव क्याप्टेन मिन बहादुर कार्की, पूर्व सहसभापति नेत्र बहादुर महत, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, महासमिति सदस्य चिरञ्जीवि शर्मा, प्रबक्ता अजयमिलन श्रेष्ठ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारी, महिला संघकी अध्यक्ष बिमला गौचन, तरुणदल अध्यक्ष मुकुन छन्त्यालले सर्वमान्य नेता कोइरालाका बिचारमा केन्द्रित भएर पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा नेपाल किसान संघका अध्यक्ष सम्मर बहादुर थापा, शिक्षक संघका अध्यक्ष दुर्गाराम सुबेदी, निजामति कर्मचारी संघका अध्यक्ष लिलानाथ पौडेल, नेविसंघ म्याग्दी बहमुखी क्याम्पस सभापति निर्मल खत्री, लोकतान्त्रिक खेलकुद महासंघ म्याग्दीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, टे«ड यूनियनका उपाध्यक्ष नवराज पौडेल, नगर समिति सचिव हरिप्रसाद पौडेलले मन्तब्य राखेका थिए । मृति दिवसको अध्यक्षता पार्टीका उपसभापति माधवप्रसाद रेग्मी र सञ्चालन सहसचिव भरत बहादुर रकालले गरेका थिए ।