बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिलमा फोहोरको डंगुर थुप्रिन थालेको छ । लायन्स क्लव अफ बेनी पिससिटीले करिव २५ हजार मुल्य बराबरकाु फ्रेम सहित कुहिने र नकुहिने गरी दुईवटा डस्विन, स्थानीय प्रदिप सापकोटा फोहोर ब्यवस्थापनका लागि उपलब्ध गराएका साम्रागीको प्रयोग नहुदाँ पर्यटकीयस्थल लभ्लीहिलका विभिन्न स्थानमा फोहोर थुप्रिन थालेको छ ।

गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च आसपासका क्षेत्रमा पलाष्ट्रिकजन्य फोहोर, मदिराका बोत्तल यत्रतत्र भेटिन्छन्। फोहोर ब्यवस्थापनका लागि लभ्लीहिल पूर्वाधार निर्माण उपभोक्ता समितिलाई उपलब्ध लायन्स क्लव लगाएत विभिन्न ब्यक्तिले दिएको सहयोगको समेत सदुपयोग हुन सकेको छैन् । केही महिना अगाडी सहयोग गरिएका डस्बिनलाई उपभोक्ता समितिले रेलिङले बन्द गरेपछि प्रयोगविहिन अवस्थामा रहेको थियो ।

‘फोहोर ब्यवस्थापनमा निकै चुनौती देखिएको छ,‘घुम्न आउनेहरुले डस्विनको प्रयोग गरी सभ्यताको परिचय दिन सकेका छैनन्’ स्थानीय ब्यापारी चन्द्रबहादुर कार्कीले भने । उनले सफा र सुन्दर राख्ने अभियानमा घुम्न आउनेहरुबाट समेत सहयोग हुनुपर्ने बताए । यता घुम्न गएका पर्यटकले फोहोर फाल्ने डस्विन नहुदाँ समस्या भएको बताउँछन् । ‘आवश्यक ठाउँमा राखिएको छैन,‘फोहोर फाल्नेलाई कारवाही गर्नुपर्छ,‘ठाउँठाउँमा डस्विन पनि हुनुपर्छ’ लभ्लीहिलमा पुगेका प्रकाश सुबेदीले भने ।

File photo उनले घुम्न गएकालाई शौचालय समेत नहुदाँ बनजंगलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । फोहोर ब्यवस्थापनमा तत्कालै ध्यान नदिए लभ्लीहिल फोहोरले कुरुप बन्ने बताए । लभ्लीहिल आसपासमा रहेको सामुदायिक बनमा फोहोर फाल्ने गरिन्छ । फोहोरको चाङ बन्न थालेपछि विभिन्न विद्यालयबाट घुम्न गएकाहरुले सङ्कलन गरी नष्ट गर्ने गरेका छन् ।

दैनिकजसो घुम्न जाने क्रममा लगेको खानेकुरा खाएपछि यत्रतत्र फाल्ने गरेको फोहोर भीरमा पुगेर समेत जोखिम मोलेर विद्यार्थीले संंकलन गर्ने गरेपनि प्रयाप्त डस्विन र जथाभावी फोहोर फाल्नेहरुको कारण समस्या भएको लभ्लीहिल पूर्वाधार निर्माण समितिले जनाएको छ। बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ । म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।