धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधनको शोकमा बेनी नगरपालिकाले आइतबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । श्रद्धाञ्जली सभामा बोल्नै मेयर हरिकुमार श्रेष्ठले सुब्बावको निधनले देशभर रहेका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले एक सदस्य गुमाएको बताए ।उनले सुब्बाको असामयिक निधनले बेनी नगर कार्यपालिकालाई स्तब्ध बनाएको बताउँदै दुखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका थिए ।

श्रद्धाञ्जली सभामा उपमेयर सञ्जु बरुवाल, प्रबक्ता रामकृष्ण बराईली, वडा नं २ का अध्यक्ष हिरा बहादुर थापा, वडा नं ४ का गोविन्दप्रसाद पौडेल, वडा नं ६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, वडा नं ७ का राजेन्द्र कुमार श्रेष्ठ, वडा नं ९ का बेल बहादुर चोखाल, नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा सदस्यहरुका साथै कर्मचारीको उपस्थिती रहेको थियो ।

छातीमा निमोनियाको इन्फेक्सनका कारण निधन भएका सुब्वा धरानको विकासका समेत तारा रहेको बताउँदै निष्ठावान र कर्मब्यनिष्ठ भएकाले गुमाउँदा धरानमा अपुरणीय क्षती पुगेको बताइएको थियो । । श्रद्धाञ्जली सभाको इँिन्जनियर विमल रञ्जन केसीले सञ्चालन गरेका थिए ।