रोजगारको सिलसिलामा आर्कषक तलब सुविधाको प्रलोभन देखाएर ओमन पु¥याइएकी बेनी नगरपालिका–९ नेप्टेचौरकी हिरा दर्जी बस्ने स्थान र घरको पहिचान गर्न समस्या भएको छ । भारतीय मुलका ओमनी नगारिकको घरमा रहेको बताइपनि दर्जी भएको स्थान पहिचानमा समस्या भएको मोना ओमनका अध्यक्ष मोना ओमनका अध्यक्ष मोना ओमनका अध्यक्ष पुर्ण विश्वकर्मा (पहाडी)ले बताए । ‘उहाँको परिवारलाई पनि थाहा छैन,‘पीडितलाई सम्पर्क भएमा ठेगाना मात्रै थाहा पाएमा पनि उद्धारका लागि सजिलो हुन्छ’ विश्वकर्माले बेनीअनलाइनलाई भने ।

उनका अनुसार दर्जी अलपत्र परेको समाचार बेनीअनलाइनबाट जानकारी पाए लगत्तै मोनामा आवद्ध रहेका म्याग्देलीले खोजीकार्यमा सक्रियता देखाएपनि दर्जीका श्रीमानले दिएको सुचना अनुसारको ठेगाना नै नभएको बताए ।ओमनमा रहेका म्याग्देलीले दर्जीको उद्धारका लागि नेपाली दुतावासलाई समेत जानकारी गराइसकेका छन् ।

दुतावासले समेत स्थान र काम गर्ने कम्पनी पहिचान भएमा तत्काल ओमनी प्रहरीको सहयोगमा उद्धार गर्ने प्रतिबद्धता जनाएको उनको भनाई छ । दर्जीलाई भारतको नयाँ दिल्ली, यूएईबाट ओमनमा भारतीय मुलमा ओमनीलाई पैसा लिएर विक्री गरिएको थियो । काठमाण्डौबाट भारतको नयाँ दिल्लीसम्म दलाल मार्फत पुगेकी दर्जी सहित ३ जना महिला युएई हुदै ओमन पु¥याइएको थियो ।

दैनिक यातना खेपिरहेकी दर्जी ओमनको ओरेडो भन्ने ठाउँमा रहेको बताइएपनि ओरेडो भन्ने टेलिकम कम्पनी भएको बताइएको छ । १० महिना अगाडी युएईको अस्पतालमा राम्रो काम र तलबको सुविधा रहेको आश्वासन दिएर नेपालीले ओमनी नागरिकलाई जिम्मा लगाएका थिए । ओमनी दम्पत्ती र छोराछोरीको दैनिक कुटाईले दर्जीको धातीमा चोट देखिएको छ । शरीरका विभिन्न भाग कुटपिटका कारण काम गर्न नसक्ने अवस्थामा पुगेकी दर्जीको इमो नं +96894925715 मा सम्पर्क गर्न परिवारले यूएई र ओमनमा रहेका म्याग्देलीलाई अनुरोध गरेका छन् ।