कलिला बिद्यार्थीलाई अप्राकृतिक मैथुन गराउने प्रअ पक्राउ, अभिभावकले लगाइदिए जुत्ताको माला

आफ्ना कलिला बालबालिका शिक्षा दिक्षा दिन बिद्यालय पठाउँछन अभिभावकले । भबिश्यको बाटो देखाउने र असल चरित्र निर्माणका लागि बालबालिकालाइ दिक्षित गर्ने गुरु बाटै बालबालिका चर्को यौन हिंसामा परेका घटनाहरु बाहिर आउन थालेका छन ।पर्वतको फलेबास नगरपालिकामा प्राथमिक तहमा शिक्षा आर्जन गर्न बिद्यालय पुगेका साना बालबालिकाहरु शिक्षकको यौन हिंसामा परेको खुलासा भएको छ ।

पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नम्वर ६ स्थित माझीगाउ प्राथमिक बिद्यालयका प्राधानाध्यापक जिल्ला खिलप्रसाद पौडेल बिद्यार्थीलाई अप्राकृतिक मैथुन(जर्बजस्ती करणी) गरेको आरोपमा पक्राउ परेका हुन ।५१ बर्षिय प्रधानाध्यापक पौडेलले फलेवास नगरपालिका – ६ मा रहेको माझीगाउ प्राविमा अध्ययनरत ७ देखि १२ बर्ष उमेरका ३ जना बालिका र अर्को एक बिद्यालयमा अध्ययनरत सोही उमेर समुहकी वालिकालाई पटक पटक फकाएर अप्राकृतिक मैथुन गराउँदै आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रअ पौडेलले करिब एक बर्ष अघि देखि आफ्नो यौनाङ्ग खेलाउन लगाउने र आफुँले पनि बालबालिकाको यौनाङ्ग खेलाइदिने गरेको पिडीत बालबालिकाले अभिभाबक संग बताएका थिए । अभिभावकले उक्त अपराध थाहा पाएपछि आइबार अभिभावक, शिक्षक, र बिद्यार्थीका बिचमा बिद्यालयमा समेत छलफल भएपछि शिक्षकले गरेको अरपाध पुष्टि भएको थियो । अभिभावकले प्रअ पौडेललाई कालोमोसो र जुत्ताको माला लगाउँनुका साथै प्रहरी चौकी फलेबासलाई बुझाएका थिए । अभियुक्त पौडेलका बिरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ भने जवरजस्ती करणी ( अप्राकृतिक मैथुन) शिर्षकमा मुद्धा दर्ता गरी पर्वत जिल्ला अदालतबाट ५ दिन म्याद थपि थप गरिएको प्रहरी निरीक्षक रबिन्द्र श्रेष्ठले जानकारी दिए .। newsdabali.com