फलोअफ: दर्जीको पासर्पोट नम्बर भेटियो, खोजीकार्यमा सहज हुने अनुमान

0

रोजगारको सिलसिलामा आर्कषक तलब सुविधाको प्रलोभन देखाएर ओमन पु¥याइएकी बेनी नगरपालिका–९ नेप्टेचौरकी हिरा दर्जीको बल्ल पासर्पोट नम्बर फेला परेको छ । उनको खोजीकार्यलाई तिब्र बनाइएपनि ओमनमा बस्ने स्थान र घरको पहिचान गर्न समस्या भएको थियो ।

भारतीय मुलका ओमनी नगारिकको घरमा रहेको बताइपनि दर्जी भएको स्थान पहिचानमा समस्या भएकाले दुतावाससंग सहकार्य गरी खोजीकार्य भइरहेको मोना ओमनका अध्यक्ष पुर्ण विश्वकर्माले बताए । ‘ओमनका सबै क्षेत्रमा खोजीकार्यका लागि पहल भएको छ,‘दुतावासबाट पनि खोजीकार्यमा ब्यापक चासो देखाइएको छ’ विश्वकर्माले भने । दर्जी अलपत्र परेको समाचार बेनीअनलाइनबाट जानकारी पाए लगत्तै मोनामा आवद्ध रहेका म्याग्देलीले खोजीकार्यमा सक्रियता देखाएपनि दर्जीका श्रीमानले दिएको सुचना अनुसारको ठेगाना नै नभएको बताए ।

ओमनमा रहेका म्याग्देलीले दर्जीको उद्धारका लागि नेपाली दुतावासलाई समेत जानकारी गराइसकेका छन् ।दुतावासले समेत स्थान र काम गर्ने कम्पनी पहिचान भएमा तत्काल ओमनी प्रहरीको सहयोगमा उद्धार गर्ने प्रतिबद्धता जनाएको उनको भनाई छ । दर्जीलाई भारतको नयाँ दिल्ली, यूएईबाट ओमनमा भारतीय मुलमा ओमनीलाई पैसा लिएर विक्री गरिएको थियो । काठमाण्डौबाट भारतको नयाँ दिल्लीसम्म चोदन लामा नामक दलाल मार्फत पुगेकी दर्जीलाई दिल्लीबाट ओमनमा दर्जी सहित ३ जना महिला युएई हुदै ओमन पु¥याइएको थियो । यूएई पु¥याउन सहयोग गर्ने दर्जीकै आफन्त राजु नेपालीले दलालसंग मिलेर ओमन पु¥याएका थिए ।

यता बेनीअनलाइनसंगको सम्पर्कमा राजुले आफ्नो भूमिका नभएको बताएका छन् । उनले आफुँले दुवईसम्म ल्याउन सहयोग गरेपनि ओमन पु¥याउन कुनै भूमिका नखेलेको बताए । तर, पीडितका परिवारले राजुकै दवावमा फोन सम्पर्क विहिन बनाउने कार्य भएको आरोप लगाएका छन् । दैनिक यातना खेपिरहेकी दर्जी ओमनको आरेटो भन्ने ठाउँमा रहेको बताइएपनि आरेटो भन्ने टेलिकम कम्पनी भएको बताइएको छ । १० महिना अगाडी युएईको अस्पतालमा राम्रो काम र तलबको सुविधा रहेको आश्वासन दिएर नेपालीले ओमनी नागरिकलाई जिम्मा लगाएका थिए । ओमनी दम्पत्ती र छोराछोरीको दैनिक कुटाईले दर्जीको धातीमा चोट देखिएको छ ।