धारापानीकी बिचिना बानियाँ पाँचदिन पछि भेटिइन्

0
166

धवलागिरी गाउँपालिका–७ ताकम धारापानीकी १३ बर्षिया बिचिन बानियाँ भेटिएकी छन् । गत साउन ३ गते घरबाट  हिडेकी बानियाँ मंगलबार  विहान बेनीस्थित दाना होटलमा भेटिएकी आफन्त अनुप बानियाँले बताए। गाउँकै किसानी मावि धारापानीमा कक्षा ६ मा अध्ययरत बानियाँ बेनीबाट सम्पर्कविहिन भएकी थिईन् ।

गाउँबाट सदरमुकाम बेनीमा रहेका मामालाई भेट्न जान्छु भन्दै हिडेकी बानियाँ सम्पर्कविहिन भएपछि खोजीकार्यका लागि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । धारापानीबाट पैदलमार्ग हुदै मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आएकी बानियाँ त्यहाँबाट बसमा बेनीसम्म आएको सिसी क्यामेरा फुटेजमा देखिएपछि खोजीकार्य तिब्र पारिएको थियो । बालिकाको खोजीकार्य गर्ने क्रममा भेटिएपछि प्रहरीले आफन्तलाई जानकारी गराएको थियो ।

बेनी नगरपालिका नजिक रहेको जीप काउण्टरमा आसपासमा रहेको सिसी क्यामेराको फुजेटमा बानियाँ संगै उनको उमेरको बालिकालाई एक अपरिचित यूवाले नजिकबाट निगरानी गरेको जस्तो देखिएको भन्दै परिवारले खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । बेनीस्थित काउण्टरबाट बहुउदेश्यीय मैदान हुदै दुई बालिका र एक बालक गएको देखिएपछि आफन्तले अपहरण भएको हुनसक्ने बताएका थिए । प्रहरीले बालिकालाई कसले दाना पुर्यायो वा आफै गईन भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ । *स्थान सच्चाइएको छ* । सम्पादक