कर्तब्य ज्यान मुद्धामा फरार दुई प्रतिबादीलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । सम्मानित सर्वोच्च अदालतबाट कर्तब्य ज्यान मुद्धामा चार बर्षको कैद सजाय फैसला गरिएको मालिका गाउँपालिका ५ देविस्थानका २३ बर्षिय फट् बहादुर बुढा, र २२ बर्षिय भेष बहादुर रानालाई इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले मंगलबार घरबाटै पक्राउ गरिएको प्रहरी निरिक्षक लोक बहादुर गुरूङले बताए ।

‘घरमा लुकिछिपी बस्ने गरेको खवर आएपछि टोली परिचालन गरिएको थियो,‘दुवैजनालाई बुधबार अदालतमा उपस्थिती गराई कैद भुक्तान गर्न कारागार चलान गरिएको छ’ प्रनाउ गुरूङले भने । ०७३ साल ८ महिना ३० गते सर्वोच्च अदालतको फैलसा अनुसार बुढालाई ४ बर्ष र रानालाई २ बर्ष ४ महिना ८ दिन कैद सजाय तोकिएको छ । जिल्ला प्रहरी कार्यालयले अदालतको फैसलामा सजाय तोकिएका फरार प्रतिबादीको खोजीकार्यलाइ तिब्रता दिएको जनाएको छ ।