पञ्चायत विरोधी आन्दोलनमा संगै धेरै दिन आन्दोलनमा होमिएका धौलागिरी गाउँपालिका–१ गुर्जाका रिद्धबहादुर छन्त्यालले गृहमन्त्री रामबहादुर थापालाई भेटेर माओावदी शसस्त्र यूद्धमा नेपाली सेनालाई बुझाएको हतियारको नविकरणको माग गरेका छन् । बुधबार गृहमन्त्रालयमा पुगेर छन्त्यालले तत्कालिन समयमा राज्यलाई बुझाएको हतियारको लाइसेन्स प्रशासनले नविकरण नगरेको भन्दै ज्ञापनपत्र बुझाएका छन् ।

पटकपटक प्रशासनमा पुग्दा पनि लाइसेन्स नविकरण नभएपछि सरल र सहज रुपमा कानुनी प्रक्रिया पुरा गरी जनयूद्धका क्रममा प्रहरी र नेपाली सेनालाई बुझाएको हतियारको देशभर जरिमाना नलिई नविकरण गर्न माग गरेका हुन् ।‘कानुनी प्रक्रिया पुरा गरी हतियार राख्न पाइन्छ,‘तत्कालिन समयमा राज्यलाई उपलध गराएका हतियार धेरैले फिर्ता पाएका छैनन्,‘धेरैतिरबाट गुनासो आएपछि ज्ञापनपत्र बुझाएको छु’ छन्त्याललाई उद्धित गदैं दिप बहादुर छन्त्यालले बेनीअनलाइनलाई भने ।

छन्त्याललले तत्कालिन समयमा घरमा हतियार राख्दा सरकारी सुरक्षा फौजबाट अनावश्यक दवाव र कुटपिट हुने गरेकाले बुझाउने गरेको बताए । १७ बर्ष अगाडी नेपाली सेनालाई बुझाएको छन्त्यालको भनाई छ । बहुदलिय ब्यवस्था सतिको राजनीतिक अधिकार प्राप्तीको आन्दोलनमा वि.श २०२८ साल मंसीरमा बागबजारस्थित एक घरमा आन्दोलनको तयारी बैठक र आन्दोलमा संगै सहभागी भएको स्मरण समेत छन्त्यालले गृहमन्त्री थापालाई गराएका थिए ।

उनले पञ्चायत विरोधी आन्दोलनमा सहभागि भएर जनयूद्ध तथा महत्वपूर्ण राजननितक आन्दोलनमा सहभागि भएका थापालाई ४७ सालपछि नेपालको गृहमन्त्रीको पदको जिम्मेबारी सम्हालेको देखेपछि आफ्ुँले ज्ञापनपत्रमार्फत समस्याको समाधानको माग गरेको बताए । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले समस्याका बारेमा बुझ्ने बताए । अगुवा छन्त्यालसंगै गुर्जाका दिपबहादुर छन्त्याल, बेनपा ३ भकिम्लीका धनलाल जैसी र बागलुङका लाल बहादुर छन्त्यालको समेत उपस्थिती रहेको थियो । जिल्लामा प्रशासन कार्यालयबाट अनुमति तथा नविकरण गरी १२ बोर, थान भरुवा बन्दुक राख्ने गरिएको छ ।