कालिगण्डकी नदीको बाहव बढ्यो

0

म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने पवित्र कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । लगातारका माथिल्लो क्षेत्रमा भइरहेकोे बर्षाले बिहिबार बाहव ह्वात्तै बढेको हो । बर्षाले बाहव बढेपछि तटिय क्षेत्रका बासिन्दाहरु चिन्तित भएका छन् । कालिगण्डकीको सतह बढेपछि तटिय क्षेत्र, नदी आसपासका क्षेत्रका दाउरा संकलन गर्न जानेलाई सचेत हुन अनुरोध गरिएको छ ।

मुस्ताङ र उत्तरी म्याग्दीमा भइरहेको बर्षाले पानीको बाहव बढेपछि साविकको धौलागिरी अञ्चलको मुस्ताङ, म्याग्दी र पर्वतको तटिय क्षेत्रमा जोखिम बढेको छ । तटिय क्षेत्र र नदी आसपासमा देखिएका सर्वसाधारणलाई प्रहरीले सचेत बनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जोखिमपुर्ण तरिकाले दाउरा संकलन गर्नेलाई समेत निरुत्साहित गर्न समेत प्रहरीले ध्यान दिइरहेको छ । बेनीबजार र पर्वतबेनीमा संरक्षणका लागि बनाइएको तटबन्धले तटिय क्षेत्रका बासिन्दालाई राहत मिलेको छ ।