कालिगण्डकी नदीको कटानले विद्युतको पोल जोखिममा

0

लगातारको बर्षासंगै कालिगण्डकी नदीका बढेको पानीको बाहवले रघुगंगा गाउँपालिका–१ बेगखोला आसपासको क्षेत्रमा कटान गरेको छ । नदीमा सतह बढेसंगै बाढीग्रसित क्षेत बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्ती आसपासका क्षेत्रमा रहेका विद्युतका पोल नदी कटानको जोखिममा परेको छ ।

बेगखोला–तिप्ल्याङ तर्फ विस्तार गरिएका तीनवटा विद्युत पोल कटानको उच्च जोखिममा रहेको त्यहाँबाट देबेन्द्र चोखालले बेनीअनलाइनलाई बताए । ‘तीनवटा पोल नदी कटानको चपेटामा परेको छ,‘पोलले मानवबस्तीमै क्षती पुग्नसक्छ’ स्थानीयको भनाई उद्धित गर्दैं चोखालले भने । उनका अनुसार दुईदिन देखी कालिगण्डकीको सतह ह्वात्तै बढेपछि तटिय क्षेत्रमा बसोबास गर्ने त्रसित भएको बताए ।

स्थानीयले साँझपख जोखिम हेरेर विद्युत आपूर्ती बन्द गर्न समेत माग गरेका छन् । बाढीले विद्युतको पोल र तार समेत बगाएको हुँदा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकका विभिन्न बस्ती सहित हिमाली जिल्ला मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवाको आपूर्ति बन्द हुने गरेको छ ।

बेगखोला क्षेत्रमा रहेका तीनवटा पोल तत्काल संरक्षण गर्नुपर्ने स्थानीयको भनाई छ । बेगखोलाको ठाडोखोला बस्तीमा प्रवेश गर्दा ११ घरका ४७ जना विस्थापित भएपछि सो क्षेत्रमा नदी कटानको जोखिम बढेको छ । बाढीसंगै कालिगण्डकी नदीमा बनेको कृतिम ताल आसपासका क्षेत्रमा अझैपनि जोखिम रहेको छ । नदी कटानले बेनी जोमसोम सडकमा आवतजावतमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।