आर्थिक अभावका कारण उच्च शिक्षाका लागि भौतारिरहेका एक विद्यार्थीलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्षले अभिभावकत्व ग्रहण गरेका छन् । अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर उच्च शिक्षाका लागि पोखरा पुगेका काजल रोकालाई भर्ना सहित आवश्यक शुल्कका लागि ५० हजार हस्तान्तरण गदैं उच्च शिक्षामा लागि आवश्यक सहयोगको घोषणा गरेका हुन् ।

पोखराको गण्डकी कलेजमा भर्ना भएका रोकाको समस्याका बारेमा जानकारी पाएपछि कलेजमै पुगेर अध्यक्ष पुनले सहयोग सहित भविस्यमा पनि आवश्यक सहयोग गर्ने बताएका थिए । ‘शैक्षिक गतिविधिमा आर्थिक समस्याले कुनै असर गर्ने छैन्,‘गाउँपालिकाभित्रका जनताको समस्याप्रति प्रतिबद्ध छु’ पुनले बेनीअनलाइनलाई भने ।

उनका अनुसार गाउँपालिकाले शिक्षाको क्षेत्रमा प्राथमिकता दिएको बताए । उनले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम, टेलिटिचिङ सहित विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन योजनाबद्ध तरिकाले अगाडी बढेको बताए । पढाईमा अब्बल रहेका रोकाका बुबा गुन बहादुरले आफ्नो छोराको शैक्षिक खर्चको ब्यवस्था गरेर परिवारको सदस्यकै जिम्मेबारी पुरा गरेको बताए ।

‘ढुङ्गा खोज्दा देउता मिलेझै भयो,‘उहाँको सहयोगलाई कहिल्यै विर्सने छैनौ’ गुनबहादुरले भने । काजलकी दिदीले आर्थिक समस्याले प्रवेश परिक्षामा राम्रो नम्बर ल्याएर पनि कलेजमा पढ्न समस्या भएको बताउँदै सहयोगका लागि अनुरोध गरेकी थिईन् । अन्नपूर्ण गाउँपालिका अध्यक्ष पुनले निर्वाचित भएपछि सरकारी सेवासुविधालाई सामुदायिक विदालयलाई सहयोग गर्ने घोषणा गरेका थिए । उनले तलबभत्ता संगै कार्यापालिका, अनुगमनबाट प्राप्त हुने भत्तालाई समेत बैंकमा जम्मा गरेका छन् ।